विराटनगर, साउन ११
आसन्न एशिया कप क्रिकेटको छनौट खेल अगस्टको अन्तिममा हुने भएको छ । एसियन क्रिकेट काउन्सिल एसिसिले सामाजिक सञ्जाल मार्फत जनाउदै अगष्ट २७ तारिख देखि सेप्टेम्बर सात तारिख सम्म मलेसियामा हुने जनाएको हो । जसमा नेपालसहित छ टोलीको सहभागिता रहने छ ।
यसअघि एसिया कप छनोट र एसिया कप भारतमा आयोजना हुने बताएपनि अन्तिममा छनोट प्रतियोगिता मलेसियामा र एसिया कप युएईमा सरिएको हो ।
छनोट प्रतियोगितामा नेपाल सहित मलेसिया, युएई, हङकङ, सिंगापुर र ओमानले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको विजेताले सेप्टेम्बर १७ बाट युएईमा हुने एसिया कपको समुह ए मा प्रवेश पाउने छ जुन समुहमा भारत र पाकिस्तान रहेका छन् ।