×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कृष्णनगरमा झाडापखाला : पिउने पानीमा दिशा मिसिएको पुष्टी

२२ आश्विन २०७८

२२ असाेज, कपिलवस्तु ।

कपिलवस्तुको कृष्णनगर नगरपालिकास्थित झाडापखाला प्रभावित क्षेत्रमा पिउने पानीमा कोलिफर्म र इ–कोली जिवाणु फेला परेको छ । फेला परेका दुबै जिवाणु मानव मलमुत्रमा पाइने जिवाणु रहेको चिकित्सकको भनाइ छ ।

Advertisement
Advertisement

नेपाल खानेपानी संस्थान बहादुरगञ्ज शाखाबाट बितरण गरिएको धारा र ४० फिटदेखि माथि गाडिएका नल (चापाकल) को नमुनामा कोलिफर्म भेटिएको हो । सय फिट भित्र गाडिएको नल (हैण्डपम्प) मा भने जिवाणु फेला नपरेको बताइएको छ ।

कृष्णगनर नगरपालिकाको वडा नम्बर ७, ८ र ९ मा फैलिएको झाडा पखालालाई नियन्त्रण गर्न अस्पतालले उपचार सँगै समुदायहरुमा विभिन्न टोली बनाएर खानेपानी र काउन्सिलिंगको कार्यहरु गरीरहेको हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताएका छन् ।

उनले खानेपानी उमालेर खाने र पिउसको वितरण कार्य गरिरहेको जानकारी दिए । सोही क्रममा खानेपानीको नमुना पठाएका थियौं र रिर्पोट पनि आइसकेको त्यसमध्ये खानेपानी संस्थानद्धारा वितरण गरिएको त्यसमा इ–कोली आई र कोलिफर्म देखिएको बताए ।

त्यसैगरी कोलेरा परिक्षणको लागि दिशा पनि पठाइएको छ तर त्यसको रिर्पोट आएको छैन। यस्तै संकलित नमुनाको बाणगंगामा रहेको प्रदेशस्तरीय प्रयोगशालामार्फत संघीय प्रयोगशाला बुटवलमा परिक्षण गरिएको थियो । समुदायबाट चार नमुना संकलन गरिएको बताइएको छ ।

ल्याबले दिएको जानकारी अनुसार अत्याधिक मात्रा कोलिफर्म र दिसामा पाइने जिवाणु फेला परेको घिमिरेले बताए । रिपोर्टको पुर्ण विवरण आउन बाँकी रहेको उनले जानकारी दिए ।

Advertisement

जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुको तथ्याङ्क अनुसार बिरामीको सङ्ख्या ४६१ नाघेको छ । जसमध्ये ३७ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल र तौलिहवा अस्पतालमा रेफर गरिएको छ भने ५८ जना बिरामीको उपचार शिवराज अस्पतालमा भइरहेको छ । ३ सय ६६ जना लाई डिस्चार्ज गरिएको शिवराज अस्पताल बहादुरगन्जका प्रमुख डाक्टर मुकेश चौधरीले जानकारी गराए ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top