काठमाडौं, साउन ११
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डाक्टर केसी संगको सहमतिबारे सदनलाई स्पष्ट जानकारी नदिएको भन्दै अवरोध गरेपछि १० मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक पुनः सुरू भएको छ ।
कांग्रेसको माग अनुसार, डाक्टर गोविन्द केसी र सरकारबीचको सहमतिको जानकारी गराउन रोष्टम गएका शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले डाक्टर केसी संगको सहमतिबारे सदनलाई स्पष्ट जानकारी नदिएको भन्दै अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक १० मिनेटका लागि स्थगित गरिएको छ ।
कांग्रेसको माग अनुसार, डाक्टर गोविन्द केसी र सरकारबीचको सहमतिको जानकारी गराउन रोष्टम गएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सहमतिको बुँदा जानकारी नगराई सभामुखलाई बुझाएपछि कांग्रेसले अवरोध जारी राखेको हो ।
शुक्रबारको बैठकमा मन्त्रीको सुरुको जवाफमा चित्त नबुझेर प्रश्न गरेका सांसदहरुको उत्तर दिन दोश्रो पटक रोष्टम पुगेका मन्त्री पोखरेलले ९ बुँदे सहमति भएको बताएपनि सहमतिको अक्षरश जानकारी नगराई सम्झौता पत्र सभामुखलाई बुझाएका थिए ।
कांग्रेसले सहमतिबारे सदन जानकार नभएसम्म बैठक चल्न नसक्ने भन्दै उभिएर विरोध गरेपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगित गरेका हुन् । मन्त्री पोखरेलले सहमतिको बुँदा जानकारी नगराई सभामुखलाई बुझाएपछि काग्रेसले अवरोध जारी राखेको हो ।