विराटनगर, साउन ११
मोरङको रतुवामाई नगरपालिका खुल्ला दिसापिसाव मुक्त नगरपालिका घोषणा भएको छ । नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी नगरपालिकालाई खुल्ला दिसा पिसाबमुक्त नगरपालीका घोषण गरेको हो ।
खुल्ला दिसापिसाव मुक्त नगरका लागी आवश्यक सुचक पुरा गर्दैे रतुवामाई नगरपालिकाले आफनो नगरलाई खुल्ला दिसापिसाव मुक्त नगरको रुपमा स्थापना गर्न सफल भएको हो ।
कार्यक्रमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले खुल्ला दिसापिसाव मुक्त नगरपालिकाका लागि आवश्यक रहेको न्युनतम ९० प्रतिशत सुचकलाई रतुवामाई नगरपालिकाले ९८ दशमलव ४४ प्रतिशत सुचक पुरा गदै नगरलाई खुल्ला दिसापिसाव मुक्त नगरपालिका घोषणा गरेकोे जानकारी गराए ।
सो क्रममा प्रतिनिधी सभा सदस्य डा.मिनेन्द्र रिजालले खुल्ला दिसापिसाव मुक्त नगरको व्यानरमा हस्ताक्षर गरेका थिए भने सहभागी मेयर, उपमेयर, वडाअध्यक्ष सहित जनप्रतिनिधी तथा विभिन्न सघ संस्थाहरुका प्रतिनिधीहरुले सामूहिक प्रतिवद्धता पत्र व्यानरमा हस्ताक्षर गर्दै नगरलाई खुल्ला दिशापिसाव मुक्त नगरको रुपमा घोषणा गर्दै हरियो झण्डा फहराइएका थिए ।
कार्यक्रममा नगरलाई खुल्ला दिसापिसाव मुक्त नगरघोषणा गराउन सहयोग गर्ने विभिन्न राजनैतिक दलका प्रमुख, संघसंस्था, जनप्रतिनिधी, आम सर्वसाधरण लगायतहरुलाई सम्मान समेत गरिएको थियो ।