प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै कार्यकर्ताले जलाए उपेन्द्र यादवको पुत्ला

Share this
748shares

२३ असाेज, वीरगन्ज ।

Advertisement

पर्साको निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै उनकै दल जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताले वीरगन्जमा प्रदर्शन गरेका छन्।

कार्यकर्ताहरुले शुक्रबार साँझ वीरगन्जमा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई कालो नागको संज्ञा दिंदै उनको पुत्ला जलाएका छन्। प्रदर्शनमा सहभागीले ‘उपेन्द्र यादव काला नाग मुर्दावाद’ , ‘पार्टी कसैको बाउको होइन’ , ‘जसपाको शान प्रदीप यादव’, ‘हाम्रो नेता कस्तो होस् प्रदीप यादव जस्तो होस्’ जस्ता नारा पनि लगाएका थिए।

Advertisement

साँझ घण्टाघर चोकमा भेला भएका सांसद यादवका कार्यकर्ता र शुभचिन्तक युवाले पार्टी कार्यालयको साइन बोर्ड झिकेर आगो लगाएका छन्।यता सांसद यादवले पनि मधेस आन्दोलनको जननी भूमी पर्सा र वीरगन्ज फेरि ठगिएको गुनासो गरेका छन्।

जसपाले मन्त्री नबनाएपछि शुक्रबार साँझ सामाजिक सन्जाल फेसबुकमा पोष्ट गर्दै उनले भनेका छन्, ‘मधेश आन्दोलनको उद्गम स्थल र बिगुल फुक्ने वीरगन्जलाई नजर अन्दाज र किनारा गरिएको छ, वीरगन्ज आज फेरि ठगिएको छ, यसले पर्सेली जनता दुखित र आक्रोशित भएका छन्। यसपटक पक्कै पनि पर्सा र वीरगन्जलाई न्याय र सम्मान गरिने छ भन्ने विश्वास थियो। तर प्रतिफल उल्टो भयो । तर पनि नेतृत्व प्रति मेरो कुनै टिप्पणी छैन। मूल्यांकन गर्ने जिम्मा फेरि पनि न्याय प्रेमी जनतालाई नै छोड्छु।’

Advertisement

यादवले यस परिस्थितिमा धैर्यता नगुमाउन शुभचिन्तक र पार्टीका नेता कार्यकर्तासँग अनुरोध पनि गरेका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएदेखि नै सांसद यादव मन्त्री बन्ने चर्चा चल्दै आएको थियो। तर अन्तिम समयमा शुक्रबार जसपा अध्यक्ष उपेन्द्र यादवले मन्त्रीका लागि ४ जना नेता रामसहाय यादव , राजेन्द्र श्रेष्ठ , रेणु यादव र महेन्द्र राय यादवको मात्रै नाम सिफारिस गरेपछि सांसद यादव मन्त्री बन्नबाट बन्चित हुन पुगेका हुन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top