आईपीएल: दिल्लीमाथि बेंगलोरको रोमान्चक जित

२३ असाेज, एजेन्सी।

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२१ को लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले दिल्ली क्यापिटल्समाथि ७ विकेटको रोमान्चक जित हात पारेको छ । अन्तिम बलमा श्रीकर भरतले छक्का प्रहार गर्दै रोमान्चक जित दिलाए ।

शुक्रबार दुबईमा भएकाे खेलमा जितको लागि १ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । श्रीकर भरतले अन्तिम बलमा पाँच रन चाहिँएको अवस्थामा आवेश खानलाई छक्का प्रहार गर्दै जित पक्का गराए । बेंगलोरलाई अन्तिम ६ बलमा १५ रन आवश्यक परेको थियो ।

बेंगलोरको जितमा विकेटकिपर श्रीकर भरत ५२ बलमा ३ चौका र ४ छक्का सहित ७८ रनमा अविजित रहे । ग्लेन म्याक्सवेल ३३ बलमा ८ चौका सहित ५१ रनमा अविजित रहे । चौथो विकेटका लागि भरत र ग्लेन म्याक्सवेलले १ सय ११ रनको अविजित साझेदारी गर्दै जित पक्का गराएका थिए । एवि डिभिलियर्स २६, देवदत्त पाडिक्कल शून्य र विराट कोहली ४ रनमा आउट भए । दिल्लीका एनरिच नोर्कियाले २ र अक्षर पटेलले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो । दिल्लीका ओपनर पृथ्वी शाले ३१ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ४८ रनको योगदान दिए । शिखर धवनले ३५ बलमा ३ चौका र २ छक्का सहित ४३ रनमा आउट भए । शिम्रन हेटमायर २२ बलमा २ चौका र २ छक्का सहित २९ रनमा आउट भए । ऋषभ पन्त १० र श्रयस ऐर १८ रन बनाए ।

बेंगलोरका मोहम्मद शिराजले सर्वाधिक दुई विकेट लिए । ड्यानियल क्रिष्टियन, युजभेन्द्र चहल र हर्षल पटेलले १–१ विकेट लिए । बेंगलोरको १४ खेलमा समान १८ अंक भएनपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा रहँदै एलिमिनेटर खेल्नु परेको हो । बेंगलोरले सोमबार एलिमिनेटर खेलमा कोलकता नाइट राइडर्ससँग खेल्नेछ । पहिलो क्वालिफायरमा शीर्ष स्थानको दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच आइतबार प्रतिस्पर्धा हुनेछ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top