जयशंकरलाई कांग्रेसको प्रस्ताव: सीमावार्ता सुरु गरौं, तुइन प्रकरण फेरि छानबिन होस्

२३ असोज ७८, शनिबार
Share this
754shares

काठमाडौं: दिल्ली भ्रमणमा रहेको सक्तारुढ कांग्रेसको प्रतिनिधिमण्डलले भारतीय विदेशमन्त्री डा. एस जयशंकरलाई भेटेर सीमावार्ता सुरु गर्नुपर्ने र दार्चुला तुइन प्रकरणको फेरि छानबिन गनुपर्ने प्रस्ताव गरेको छ ।

Advertisement

शुक्रबार अपराह्न भएको भेटवार्तामा प्रतिनिधिमण्डलका नेता पूर्वपरराष्ट्रिमन्त्री एवं कांग्रेस सभापति डा.प्रकाशशरण महतले तुइनबाट महाकालीमा खसेर बेपत्ता दार्चुलाका जयसिंह धामीको परिवारलाई क्षतिपूर्ति दिलाउनसमेत जयशंकरको ध्यानाकर्षण गराएका छन् ।

‘भारतीय विदेशमन्त्रीसँग हामीले खुला रुपमा छलफल गरेका छाैँ ।’ तुइन प्रकरणदेखि सीमाका विषयमा संवाद गरौं भनेर स्पष्ट धारणा राखेका छौं । भारतमा नोटबन्दीपछि नेपालमा बाँकी रहेको भारु सटही गरिदिन पनि आग्रह गरेका छौँ,’ भेटवार्तापछि महतले दिल्लीबाट टेलिफोनमा भने, ‘नेपालमा खरिद गरेको कोभिसिल्डको आपूर्ति चाँडै होस्, नेपाललाई मल उपलब्ध गराउन सहजीकरण होस् पनि भनेका छौँ ।’

Advertisement

करिब आधा घण्टा भएको भेटवार्तामा महतसँगै नेताहरु उदयशमशेर राणा र अजय चौरसिया सहभागी थिए । भारततर्फबाट जयशंकरसँगै भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले र विदेश विभाग सदस्य आश्विन जोहर सहभागी थिए । परराष्ट्र मन्त्रालयले तयार गरिदिएको नोटसमेत दिएर कांग्रेस नेताह्रुले नेपालका एजेन्डा राखेका थिए ।, याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top