प्रदेश शिक्षा विधेयक मस्यौदामाथि सरोकारवालाहरुसँग छलफल

११ साउन ७५, शुक्रबार
Share this
761shares

विराटनगर, साउन ११
प्रदेश एकको सामाजिक विकास मन्त्रालयले प्रदेश शिक्षा विधेयक प्रदेशसभामा प्रस्तुत गर्नु अघि सरोकारवालाहरुसँग मस्यौदा बारे छलफल सुरु गरेको छ ।

Advertisement

सामाजिक विकास मन्त्रालयले २२ वटा प्रदेश कानुनहरु बनाउनु पर्नेमा अहिले सम्म २ वटा विधेयक प्रदेश सभामा टेबुल भईसकेको छ भने ४ वटा विधेयकको मस्यौदा बारे छलफल भईरहेको छ ।

विराटनगरमा आयोजित मस्यौदा छलफल कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामूदायिक विद्यालयको गुणस्तर खस्किएकोले निजी विद्यालयहरुले व्यापारीकरण गर्न पाएकोले शिक्षामा भएका विकृति र विसंगति हटाउन प्रदेश शिक्षा ऐन प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरे ।

Advertisement

उनले संविधानले सुनिश्चित गरेको शिक्षाको अधिकारलाई सर्वसुलभ र निशुल्क बनाउन अब देखि काम गर्नेलाई पुरस्कृत र काम नगर्नेलाई दण्डित गर्ने नीति रहेको बताए ।

उनले कसैको जागिर जोगाउन मात्र सामुदायिक विद्यालय खोलिरहने कार्य रोकेर विद्यार्थी नभएको विद्यालयहरु गाभ्ने नीति प्रदेश सरकारले लिएको जानकारी दिए । दुई दिन सम्म आयोजना हुने छलफल कार्यक्रम पछि विधेयक प्रदेश सभामा प्रस्तुत गरिने बताइएको छ ।

Advertisement

छलफल कार्यक्रममा सुनसरी, मोरङ, झापा, इलाम, धनकुटा र उदयपुरका विद्यार्थी, अभिभावक, शिक्षक र शिक्षा विकास तथा समन्वय इकाईका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top