हमाललाई मन्त्री बनाएको विषयमा अनावश्यक चर्चाको तुक छैन : दाहाल

२३ असाेज, चितवन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गजेन्द्र हमालका बारेमा चलेको चर्चाको कुनै तुक नभएको बताएका छन् ।

शनिबार बिहान भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘हमाललाई मन्त्री बनाएको विषयमा होहल्ला गर्नु आवश्यक नै छैन । त्यस्ता कुनै अनावश्यक चर्चाको केही तुक छैन ।’

कांग्रेसी पृष्ठभूमि भएका तर संघीय संसद् सदस्य नरहेका हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दिएका छन् । उनी नाताले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका नातेदार हुन् ।

गैरसांसद पनि निश्चित समयका लागि मन्त्री बन्न पाउने संवैधानिक प्रवधान रहेको र यसअघि पनि यस्तो काम धेरै भएको हुँदा हमालको विषय कुनै नयाँ नभएको प्रचण्डकाे भनाइ थियो । उनले भने, ‘उहाँ कांग्रेसको मान्छे हो । कांग्रेसको कोटामा मन्त्री हुनु भएको हो । त्यसैले यताको र उताको किन भनिरहने ।’

उनले गत वर्ष पहिलो पटक संसद् विघटन हुँदा ओलीले सेटिङ गरेको हुन सक्ने चर्चा चलेझैं अहिले कसैले त्यसैको सिको गरेर सेटिङ भन्न थालेको हुन सक्ने बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top