जुमखोला र अरुण तेस्रोको लगानी स्वीकृत

२३ असाेज, काठमाडाैँ ।

लगानी बोर्डले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित बसेको लगानी बोर्डको ४८ औँ बैठकले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको हो ।

बोर्डको बैठकपछि निर्णय सुनाउँदै लगानी बोर्डका सह प्रवक्ता रमेश अधिकारीले जुम खोलाको ५६ मेगावाट क्षमताको करिव १० अर्बको लगानी स्वीकृत गरेको र अरुण तेस्रो जलविद्युत आयोजनाको ६२ अर्बको पूँजिवृद्धि स्वीकृत गरेको बताए । उनले माथिल्लो कर्णाली जलविद्युतको एप्से इन्सटेक्सनको सम्बन्धमा अध्ययन गर्नको लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा एक समिति गठन गर्ने निर्णय गरेको बताए । बोर्डको बैठकले सम्राट सिमेन्ट र क्यूटिवान माथिल्लो त्रिशूली वानको शेयरको स्ट्रक्चर परिवर्तन सम्बन्धी निर्णय गर्नुका साथै लगानी बोर्डको चालू वर्षको वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ ।

Advertisement

बोर्डका सहसचिव अधिकारीले भने, ‘लगानी बोर्डको ४८औँ बैठक सम्पन्न भएको छ, यसले सातवटा विभिन्न एजेण्डाहरु पास गरेको छ, जुम खोलाको ५६ मेगावाट क्षमताको करिव १० अर्बको लगानी स्वीकृत गरेको छ,अरुण तेस्रो जलविद्युत आयोजनाको ६२ अर्बको पूँजिवृद्धि स्वीकृत गरेको छ, माथिल्लो कर्णाली जलविद्युतको एप्से इन्सटेक्सनको सम्बन्धमा अध्ययन गर्नको लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा एउटा समिति गठन गर्ने निर्णय गरेको छ, सम्राट सिमेन्ट र क्यूटिवान माथिल्लो त्रिशूली वानको शेयरको स्ट्रक्चर परिवर्तन सम्बन्धी निर्णय गरेको छ, लगानी बोर्डको चालू वर्षको वार्षिक बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ भने हामीले १० औँ वार्षिकोत्सव भाद्र २३ गते मनायौँ,त्यस अवसरमा भएको फलिसिटेशन, फाइनान्सियल इन्सिटिसनहरुलाई जुन सम्मान गरेका थियौँ,त्यसलाई स्वीकृत गरेको छ, लगानी बोर्डको लेटरहेट, लगानी बोर्डको लोगो लगायत स्वीकृत गरेको छ ।’

लगानी स्विकृत भएको जुम खोला जलविद्युत आयोजना दोलखामा पर्छ भने अरुण तेस्रो संखुवासभामा निमाणाधिन छ । बैठकमा मन्त्रालय र लगानीबोर्डको समन्वयलाई अझ सशक्त गर्ने गरी लगानी प्रवद्र्धन गर्न र लगानी गरिएको कुरालाई विद्युत क्षेत्रमा लगानी गर्दा खपथको योजनासहित अघि बढाउनु पर्ने विषयमा छलफल भएको सह प्रवक्ता अधिकारीले बताए ।

Advertisement
Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top