सरकारमा सहभागी मन्त्रीले गलत कार्य गरे तत्काल कडा कदम चालिन्छ : नेपाल

२३ असाेज, काभ्रे ।

Advertisement

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री बनेका नेतालाई काम गरेर देखाउन निर्देशन दिएका छन्। शनिबार काभ्रेमा नेकपा एकीकृत समाजवादीको दसैंको शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले मन्त्री बनेका नेतालाई परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका हुन्।

उनले आवश्यकता अनुसार विशेषज्ञसँग छलफल गरेर राम्रो काम गर्न निर्देशन दिएका छन्। उनले आइतबार मन्त्रीहरुलाई आफूले बोलाएको र काम गर्न निर्देशन दिने बताए।

Advertisement

अध्यक्ष नेपालले मन्त्री नपाएको हल्ला चलाएका मेटमणी चौधरीको प्रशंसा गर्दै उच्च राजनीतिक संस्कार देखाएर पद नै ठूलो होइन भन्ने पुष्टि चौधरीले गरेको बताए ।

अध्यक्ष नेपालले समाजवादी पार्टीबाट मन्त्री भएर काम गर्न नसक्ने र गलत कार्य गरेको मात्र जानकारी पाए तत्कालै कडा कदम चाल्ने नेता पनि बताए। एमालेका अध्यक्ष केपी ओलीप्रति निक्कै आक्रामक देखिएका नेता नेपालले केपी ओली व्यक्तिवादी चिन्तनबाट ग्रस्त भएको आरोप लगाए।

Advertisement

उनले आफ्नो पाटीले कुनै पनि ब्यानरमा ज्यूँदो मान्छेको तस्बिर राखेर प्रचार नगर्ने बताउँदै नीतिमा आफूहरु अघि बढ्ने दावी गरे।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top