विराटनगर-८ मा एमालेको शुभकामना आदनप्रदान

२३ असोज ७८, आइतबार

२३ असोज, विराटनगर ।
नेकपा एमाले विराटनगर–८ वडा कमिटीले विजया दशमी तथा दिपावलीको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ ।

Advertisement

वडा कमिटीले शनिबार नजिकिँदै गरेका चाडपर्वहरु विजया दशमी, दिपावली, नेपाल सम्वत, ईद पवर्, ल्होसार, उधौली लगायतको अवसरमा शुभकामना आदानप्रदान गरेको हो । शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अथिती नेकपा एमाले केन्द्रीय कमिटी सदस्यपूर्व सामाजिक विकासमन्त्री जिवन घिमिरे रहेका थिए।

Advertisement

कार्यक्रममा नेकपा एमाले मोरङ अध्यक्ष ऋषि केस पोखरेल, प्रदेश कमिटी सदस्य बाबुराम कार्की,बिमला घिमिरे ,रमेश पोखरेल, महानगर कमिटी अध्यक्ष सागर थापा, जिल्ला कमिटी सदस्य रमेस मन्डल, राजन भन्डारी जिल्ला कमिटी सल्लाहकार सदस्य मेघराज श्रेष्ठ, ईन्द्र निरौला, नगर कमिटी सदस्य उषा बराबर भण्डारी, नबराज नेपाल, बुद्धिजिबि नरेन्द्र बस्नेत, बिज्ञान चापागाईं लगायत पार्टीका विभिन्न तहका व्यक्तित्वहरु सहभागी भएको नेकपा एमाले विराटनगर– ८ का अध्यक्ष राम पोखरेलले बताए ।

उक्त शुभकामना आदानप्रदान कार्यक्रमको सन्चालन भुवन राजवंशीले गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top