कोरोनाले थला परेको फेसन इण्डस्ट्री चलायमान हुँदै

२३ असोज ७८, आइतबार

२३ असाेज, काठमाडाैँ ।

कोरोना भाइरस महामारीको जोखिमका कारण सेलाएको फेसन इण्डस्ट्री बिस्तारै चलायमान हुन थालेको छ । विगत दुई वर्ष यता कोरोना भाइरस महामारीको जोखिमका कारण सेलाएको फेसन इण्डस्ट्री बिस्तारै पनः चलायमान हुन थालेको हो ।

इण्डस्ट्रीलाई चलायमान बनाउन शनिवार काठमाडौंमा आइसी कलेजले आर्ट एण्ड फेशनको १० औँ संस्करणको अडिशन राउण्ड शुरु गरेको छ । कार्यक्रममा आयोजक रवि धमलाले नदेखिने गरी ठूलो क्षति भएको क्षेत्र नै फेसन इण्डस्ट्री भएको बताए । उनले २ वर्षमा कुनैपनि फेशनका गतिविधिहरु गर्न नपाएको गुनासो राख्दै इण्डस्ट्रीलाई चलायमान बनाउन बिस्तारै भएपनि शुरु गरेको बताए । उनले नेपाली र पश्चिमेली कल्चरसँग सम्बन्धित ड्रेस शो गरिने बताए । फेशनमा नेपालमा बजार राम्रो रहेको बताउँदै उनले सरकारले नेपाली कला, संस्कृतिलाई विश्वमा बिस्तार गर्नको लागि पहल गर्नुपर्ने बताए । फेशनमा नेपालको अबको बजार राम्रो रहेको बताउँदै उनले सरकारले नेपाली कला, संस्कृतिलाई विश्वमा बिस्तार गर्नको लागि पहल नभएको गुनासो गरे।

Advertisement

आयोजक धमलाले भने, ‘कोरोनाले सबै व्यापार ठप्प भएको अवस्थामा सबैभन्दा नोटिस नभएको र धेरै असर परेको क्षेत्र फेसन इण्डस्ट्री हो,यसमा हामी धेरै व्यवसायी थला परेका छौँ, कतिपय मोडलहरुले यहीबाट मोडलिङ गरेर खानुपर्ने कण्डिसन छ, कतिपय फेसन इभेन्ट गरेर खानुपर्छ, कोरोनाले ठूलो असर परेको छ, यो २ वर्षमा हामीले कुनै पनि एक्टिभ गतिविधिहरु गर्न पाएका छैनौँ, ठूलो शोहरु नेपालमा अर्गानाइज गर्न पाएका छैनौँ, अझैपनि सरकारको नोटिसअनुसार सभा सम्मेलनहरु नगर्नु भनेको छ, अझै पनि कोरोना महामारीको जोखिम टरिसकेको छैन, इभेन्ट गर्ने मान्छेले काम गर्न बिर्सिने, मोडलहरुले पनि हिँड्न बिर्सिनेजस्तो भयो, जसले फेशन इण्डस्ट्रीलाई नै इफेक्ट परेको हो कि जस्तो भयो,हामीले अब जागरुक हुनुपर्छ भनेर बिस्तारै स्टाटिङ गरेका छौँ, दशैँ तिहार फेस्टिबलपछि एकदमै जागरुक भएर हामी काम गर्नेछौँ, यो आइसीइ कलेज अफ आर्ट एण्ड फेशनको ग्रेजुएशन शो हो, यो नेपालको वान डे फेशनमा हाइ ¥यांक भएको शो हो, यसमा ३० जना मोडलहरुलाई ७३ जनाले गरेको फेशन डिजाइनबाट प्रश्तुत गरेका छौँ,यसमा वेस्ट्रन कल्चरदेखि नेपाली कल्चरसम्म डिजाइनरहरुले बनाएको ड्रेसमा शो गर्छौं, यो एकदिनको फेशन शो हो, नेपालको फेशन बजार पहिलाको तुलनामा राम्रो छ, कोरोना महामारीको जोखिमका कारण दुई वर्षमा एउटा मात्रै फेशन शो गरेको बताउँदै नेपाली मोडलिङ इण्डस्ट्री राम्रो भएको बताउनुभयो, २३० जनाको अडिशन लियौँ,त्यहाँबाट छानेर आज हामी ३० जना मोडललाई छान्दै छौँ,उहाँहरु फेशन शोमा हिँड्नुहुन्छ, १८ डिसेम्बरमा फाइनल हुन्छ ।’

त्यस्तै आइसी कलेजकी म्यानेजिङ डाइरेक्टर शैलजा अधिकारीले डिजाइनिङ शोका लागि ३० जना मोडल चाहिने र सहजै पाउने बताइन् । उाले ग्रेजुएशन शोमा सोचेभन्दा पनि धेरै मोडलहरु आएको बताउँदै २०१८ को ब्याचको ग्रेजुएशन शो भएको बताइन् ।

म्यानेजिङ डाइरेक्टर अधिकारीले भनिन्, ‘यो हाम्रो १० औँ संस्करण हो,हामीलाई ३० जना मोडल चाहिने हो, हामीले मोडल सजिलै पाउँछौँ होला, साचेभन्दा धेरै मोडल आउनुभयो, यति धेरै जना आउनुहुन्छ भनेर हामीले सोचेका थिएनौँ, हामी अहिले आइसी डिजाइनर्स रनवेको १० औँ संस्करणमा छौँ, अडिशन राउण्डमा छौँ,२०१८ को ब्याचले गर्न लागेको ग्रेजुएशन शो हो ।’

अडिशन राउण्डमा ३०० भन्दा बढी मोडलहरुको सहभागी थियो भने ७३ जना बढी डिजाइनरहरुले आफ्नो डिजाइन प्रश्तुत गरेका छन् । शोको फाइनल आगामी १८ डिसेम्बरमा हुनेछ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top