पच्चीस हजार सवारीसाधन बाहिरिए

२४ असोज, काठमाडौं ।

नेपालीको महत्त्वपूर्ण चाड दशैँ र तिहार मनाउन राजधानी काठमाडौँबाट गृह जिल्ला फर्किनेको चाप बढ्न थालेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार घटस्थापनादेखि शनिबारसम्म तीन दिनको अवधिमा करिब दुई लाख यात्रुले काठमाडौँ उपत्यका छाडेका छन ।

Advertisement

उपत्यकाको नागढुङ्गा, बल्खु, जगाते, मुड्खु, जरसिंहपौवा, टोखा र चन्द्रागिरिलगायत विभिन्न नाकाबाट करिब २५ हजार सवारीसाधन बाहिरिएका छन् ।

ट्राफिक प्रहरी महाशाखा प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईले सामान्यतः उपत्यकाबाट बाहिरिने सवारीसाधनको सङ्ख्या र यात्रु सिट क्षमताका आधारमा यत्तिको सङ्ख्यामा यात्रु बाहिरएको जानकारी दिए । सो सङ्ख्या क्रमशः बढ्ने देखिन्छ ।

विभिन्न नाकाबाट तीन दिनमा जम्मा एक लाख व्यक्ति भित्रिएका छन । त्यस्तै, २० हजार सवारीले प्रवेश गरेका छन् ा। उनका अनुसार भित्रिनेभन्दा बाहिरिनेको सङ्ख्या दोब्बर पुगेको छ ।

सवारीसाधनको सङ्ख्या पनि भित्रिनेभन्दा बाहिरिने बढी छन्न । असोज २१ गते घटस्थापनाको दिन ४५ हजार ३६२, २२ गते ५१ हजार ९४० र शनिबार ६० हजार २१२ जना बाहिरिएका छन ।

त्यस्तै, साना ठूला गरी करिब २५ हजार सवारीसाधन बाहिरिएका छन्न । महाशाखाका अनुसार विभिन्न नाकाबाट दैनिक २०÷२५ हजार सवारीसाधन ओहोरदोहोर गरिरहेका छन ।

बस, मिनीबस माइक्रोबसलगायत सार्वजनिक यातायातका अतिरिक्त निजी सवारीसाधन र ट्रक चढेरसमेत घर फर्किने यात्रुको बाक्लो चाप देखिएको छ । बसमा सिट नपाएकाले ट्रक र ट्रिपरमा जोखिमपूर्ण यात्रा गर्नुपरेको गुनासो यात्रुको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top