आज प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना

२३ असोज ७८, आइतबार

२४ असोज, काठमाडौं ।

Advertisement

आज आइतबार मध्य र पूर्वी नेपालमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम, कर्णालीबाट मनसुन बाहिरिसकेको छ भने लुम्बिनीका पश्चिमी भुभागबाट पनि मनसुन बर्हिगमन भइसकेको छ । जसकारण ती प्रदेशमा मनसुनी प्रभाव छैन । ठूलो वर्षाको सम्भावना पनि नरहेको मौसमविद्ले बताएका छन् ।

Advertisement

तर, नेपालबाट मनसुन बाहिरिनसकेकाले पूर्वी नेपालमा भने त्यसको गतिविधि कायमै छ ।

राति पनि प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top