दैलेखमा बस दुर्घटना हुँदा एकको मृत्यु, नौ घाइते

२४ असोज ७८, आइतबार
Share this
700shares

२४ असोज, काठमाडौं ।

Advertisement

सुर्खेतबाट जुम्ला जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी बसमा सवार ९ जना घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरुको प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । बसमा २७ जना यात्रु रहेका थिए।

Advertisement

कर्णाली राजमार्गअन्तर्गत दैलेखको दुल्लु नगरपालिका–१ दारेभिर नजिकै दुर्घटना भएको इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक नेत्र बुढाले बताए। मृत्यु हुनेमा अछाम घर भएका भक्तबहादुर शाही रहेको प्रहरीले जनाएको छ।

सुर्खेतबाट जुम्ला हिँडेको ना ६ ख ९२२ नम्बरको बस दारेभिर नजिकै पट्टा भाच्चिएर अनियन्त्रित भएर राति ८ बजेतिर दुर्घटना भएको उनले बताए। बसका चालक फरार रहेकाले खोजी जारी रहेको उनको भनाइ छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top