×

NEPAL TIMES UPDATES

Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026

दसैँमा पनि भारत जानेको लर्को

२४ आश्विन २०७८

२४ असोज, महोत्तरी ।

दसैँ, तिहार र छठजस्ता राष्ट्रिय महत्वका पर्वमा पनि यहाँका भारतीय सीमावर्ती नाकामा घर आउनेभन्दा काममा जानेको लर्को देखिँदो छ।

Advertisement
Advertisement

जिल्लाका मटिहानी, भिठ्ठामोर र सम्सीलगायत भारतीय सीमानाका हुँदै अहिले सयौँ युवा तथा किशोर कामका लागि भारतर्फ जाँदै देखिँदा छन्। अहिले दसैँ पर्व प्रारम्भ भइसकेको छ भने तिहार र छठलगत्तै अर्को पक्षको अन्त्यसँगै सुरु हुँदैछ।

गत वर्ष २०७७ को प्रारम्भदेखि नै कोभिड–१९ महाव्याधि छल्न घर आएका युवा तथा किशोर अहिले आवतजावत अलि सहज भएपछि चाडपर्व नै नभनी कामका लागि भारत जाने क्रम देखिएको हो।

महाव्याधि सन्त्रासले झण्डै डेढ वर्ष काम छाडेर घर बसेका युवा तथा किशोर अहिले चाडवाड पनि नभनी कामका लागि भारत जान लागेका हुन्।

‘केही वर्ष पहिले हामी चाडवाडमा घर आउँथ्यौँ,’ भारतको पञ्जाब जान सम्सी नाकामा भेटिएका जिल्लाको औरही नगरपालिकाको टिम्किया बस्तीका २५ वर्षीय परेग्वा सादा मुसहरले भने, ‘तर, यसपालि दसैँको मुखमा जानुपरेको छ ।’ कोभिड–१९ माहामारीले काम छाडेर घर फर्केयता जहान परिवार पालनमा समस्या बढेपछि चाडवाड पनि नभनी काममा फर्कनुपरेको परेग्वासहितका उनको टोलीमा रहेका युवाको भनाइ छ।

यसरी अहिले भारततिर जाने लर्कोमा आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक अवसरबाट बञ्चित रहँदै आएका मुसहर, तत्मा, चमार, बाँतर र दुसाध जाति समुदायका किशोर तथा युवा बढी देखिएका छन्।

पञ्जाव र हरियाणातिर कृषि कार्यका लागि तथा भारतका अन्य प्रान्तमा अन्य मजदुरी गर्न जानेमा १३ वर्ष उमेरदेखि ३० वर्ष उमेर समूहका बढी देखिन्छन्।

घरमा अन्नपात र दुई÷चार पैसोको जोहो भएमात्र चाडपर्व रमाइलो हुने भारततिर जान लागेका युवा तथा किशोरको आम भनाइ छ। ‘झण्डै दुई वर्ष हुनलाग्यो पञ्जावबाट फर्केको, यहाँ मनमाफिकको काम र पारिश्रमिक पाइँदैन,’

दसैँको मुखमा आपूmले गरेको पुरानो काममा भारतको हरियाणा जान हिंडेका भङ्गाहा नगरपालिका–४ पलार बस्तीका रामदयाल बाँतरले भने, ‘चाडवाडमा पेट बाँधेर यहाँ बस्नभन्दा काममा जानु ठिक ठानेर हिँडेका हौँ ।

’ उता (भारत) गएर राम्रो काम भेटिए थोरबहुत कमाइ लिएर होली (फागुपर्व)मा घर आएर स–साना नानीसँग रमाउने धोको साँचेको बाँतरले भावविह्वल हुँदै बताए।

जिल्लाका यी जाति समुदायका बस्तीमा अहिले दसैँको रौनक देखिँदैन। आमा, दिदीबहिनी र आफन्तले भारी मनले भारत जान बिदा दिइरहेका छन्। ‘

पल्लो टोलका मालिक (मुसहरले कथित उपल्लो जात भनिने जाति समुदायका लागि मालिक सम्बोधन गर्छन्को) घरमा अब एक÷दुई दिनभित्रै छोट्का मालिक (घरमुली मालिकको छोरा) आउने कुराको खुशी छ,’ भङ्गाहा–४ कै रामनगर बस्तीको मुसहरीटोलकी ४० वर्षीया हेमनी सादाले भने, ‘हामी फगुवा (होली)पवनीमा खुशी हुने आश साँचेर अहिले छोरालाई पञ्जाव जान बिदा दिँदैछौँ ।’

जिल्लाका मुसहर, बाँतर समुदायको सघन बसोबास भएका धेरैजसो बस्तीमा अहिले हरियाणा, पञ्जाव जाने किशोर र युवा धमाधम निस्कँदै छन्। कतिपय बस्तीमा हिँड्ने तयारी देखिँदो छ।

चाडपर्वका मुखमा छोरालाई बिदा गर्नुपर्दा मन भारी भए पनि यहाँ भोकै बस्नभन्दा काममा जान नै उचित हुने घरका अभिभावक बताउँछन्।

खासमा कृषिकार्यमा पोख्त मानिने मुसहर समुदायका उमेरदारी युवाको भारत पलायनले यहाँ जनशक्तिकै अभावमा खेती चौपट भइरहेको किसान बताउँछन्। समयमा जन (मजदुर) नपाउँदा खेतबारी बाँझो बस्ने क्रम बढ्दै गएको बर्दिबास नगरपालिका–९ का किसान सुरजसिंह कुशवाहाको भनाइ छ।

Advertisement

कृषिकार्यमा राज्यबाट भरथेग नपाउँदा किसानले मजदुरलाई राम्रो पारिश्रमिक दिन नसक्नु र यहाँको कमाइले गुजारा नचलेपछि भारत जानुपर्ने गरिबको वाध्यता बनेको कुशवाहा बताउँछन्। रासस

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top