प्रदेश -१ का सभामुखमाथि खनिए विपक्षी गठबन्धनका सांसद

प्रदेश -१ का सभामुखमाथि खनिए विपक्षी गठबन्धनका सांसद

२४ असोज, विराटनगर ।

प्रदेश १ का सभामुखविरुद्ध विपक्षी गठबन्धनका सांसदहरू रुष्ट बनेका छन् ।

आज बसेको संसद बैठकमा प्रतिपक्षी दलका दुई सांसदले अल्पमतमा परेको सरकारले विश्वासको मत नलिएकोमा आलोचना गरेका हुन् । साथै सभामुखले पनि सरकारलाई नै साथ दिएको भन्दै उनीहरू रुष्ट बनेका हुन्।

प्रदेशसभामा बिशेष समय लिएर बोलेका नेकपा एकिकृत समाजवादी संसदीय दलका नेता राजेन्द्रकुमार राईले सरकारले लाजलाई छोप्ने कुनै उपाय बाँकी नराखेको टिप्पणी गरे ।

सरकार संबिधान र ऐन कानुनलाई नमान्ने गरि अराजक रुपमा अघि बढ्दा समेत सभामुख मौन रहनुले आश्चर्यचकित बनाएको उनले बताए । उनले भने, ‘कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाइएन, सभामुखले सर्वदलीय बैठक बोलाउनु पथ्र्याे किन बोलाएनन् ?’

यस्तै नेकपा माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले सभामुखको भुमिकाप्रति शंका जताए । संविधानको परिपालना र कार्यान्वायनमा ध्यान दिन सभामुखको ध्यानाकर्षण गरे ।

संविधानको अपव्याख्या नगर्न समेत उनले आग्रह गरे । सरकारले विश्वासको मत लिन नसके मार्गप्रशस्त गर्न उनले मुख्यमन्त्रीलाई आग्रह गरे ।

उनले सविधानको रक्षा गर्न सरकारलाई रुलिङ गरेर विश्वासको मत लिने वातावरण बनाउन समेत सभामुखसँग आग्रह गरे । हिजो (शनिवार) मात्रै सभामुख प्रदिपकुमार भण्डारीले मुख्यमन्त्रीले विश्वासको मत ५ कार्तिकमा लिने भए तपाईहरूले सहजिकरण गरीदिनु पर्यो भन्दै गठबन्धन दलका नेताहरुलाई फोन गरेको उल्लेख छ ।

सभामुख भण्डारीले प्रदेशसभाको बैठक २५ असोज दिउँसो २ बजेलाई बोलाएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.