मुख्यमन्त्री शाक्यले टेबल गरिन् विश्वासको मत लिने प्रस्ताव, बैठक १२ दिनका लागि स्थगित

२४ असोज, काठमाडौं ।

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभाको बैठकमा टेबल गरेकी छिन्। आइतबारको बैठकमा उनले प्रस्ताव टेबल गरेकी हुन्।

मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक प्रावधान छ। सोही प्रावधानअनुसार विश्वासको मतको प्रस्ताव पेस गरेको शाक्यले बताइन्।

मुख्यमन्त्री शाक्यले विश्वासको मत माग्ने प्रस्ताव पेस गरेपछि प्रदेश सभाको बैठक कात्तिक ४ गतेसम्मका लागि स्थगित गरिएको छ। अब त्यसमाथि छलफल र मतदान त्यही बेला हुनेछ।

बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएपछि नेकपा एमाले बागमती प्रदेश संसदीय दलकी नेता शाक्य मुख्यमन्त्री भएकी थिइन्।

प्रदेशसमा एमालेको स्पष्ट बहुमत हुँदा मुख्यमन्त्री बनेकी शाक्य एमाले विभाजनपछि अल्पमतमा परेकी थिइन्। विश्वासको मत माग्ने प्रस्ताव निर्णयार्थ पेस हुँदा शाक्यले विश्वासको मत पाउने सम्भावना कम छ

भर्खरको समाचार

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

सम्बन्धित समाचार

Scroll to Top