कपिलवस्तुको झाडापखाला नियन्त्रणमा आएको स्वास्थ्य मन्त्रालयको दाबी

२४ असोज ७८, सोमबार

२४ असोज, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा देखिएको झाडापखाला नियन्त्रणमा आएको जनाएको छ।

असोज १८ गते यता देखिएको झाडापखाला र बान्ताको लक्षण भएका बिरामीहरुको आवश्यक उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

Advertisement

‘प्रतिकार्यका लागि आवश्यक औषधि र स्वास्थ्य सामग्रीहरु स्थानीय, प्रदेश, संघीय सरकार र विश्व स्वास्थ्य संगठन लगायतका साझेदार संघ–संस्थाहरुको समन्वयमा व्यवस्थापन गरिसकिएको छ र हाल प्रकोप नियन्त्रणमा रहेको छ,’

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, विश्व स्वास्थ्य संगठन, प्रदेश स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालयको सहकार्यमा नियन्त्रय, व्यवस्थापन तथा थप अनुसन्धान गरि उक्त प्रकोपको कारण तथा सम्भावित स्रोतको खोजी कार्य जारी रहेको छ।’

आइतबार सम्मको अद्यावधिक विवरण अनुसार जम्मा कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ का ६८८ जनामा झाडापखाला तथा बान्ताको लक्षण देखिएको मन्त्रालयले जानकारी दिएको छ। जसमध्ये ६३१ उपचारपछि निको भएर डिस्चार्ज भइसकेका मन्त्रालयले जानकारी दिएको छ।

४० जनाको तौलिहवास्थित कपिलवस्तु अस्पताल र बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, १७ जनाको कृष्णनगर नगरपालिका स्थित शिवराज अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले झाडापखाला र वान्ताको लक्षण देखिएका सबैको निःशुल्क उपचारको व्यवस्था गरिएको पनि जानकारी दिएको छ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top