नेपालबाट हङकङ चरेश कारोबार गर्ने गिरोहका ७ जना पक्राउ

२४ असोज ७८, सोमबार

२४ असोज, काठमाडौं ।

नेपालबाट हङकङमा अवैध लागूऔषध चरेशको कारोबार गर्ने गिरोहका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। ७ केजी ९ सय ७७ ग्राम अवैध लागूऔषध चरेशसहित उनीहरु पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी घर भएका ३२ वर्षीय अन्जित थापा, सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका ५ का ३० वर्षीय सुजन श्रेष्ठ, सिन्धुपाल्चोक लिसखु गाउँपालिका ५ का ४१ वर्षीय सागर भन्ने जालिन्द्र श्रेष्ठ, पर्सा सखुवापर्सौनी गाउँपालिका १ का सिलाई बुनाई काम गर्ने दिनदयाल महतो उराव, उक्त कोठामा बसेका दिपेन्द्र महतो उराव, मकवानपुर थाहा नगरपालिका ११ का ४५ वर्षीय रबि मुक्तान र धादिङ थाक्रे गाउँपालिका ३ का २३ वर्षीय मोतीलाल तामाङ रहेका छन्।

Advertisement

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र महानगरीय प्रहरी परिसर ललितपुरको संयुक्त प्रहरी टोलीले यही असोज १४ गते ललितपुर मानभवनस्थित ब्लू स्टार कार्गोबाट हङकङ पठाउन लागेको अवस्थामा ९ थान थाङ्का र सो मा प्रयोग हुने काठको डण्डीभित्र लुकाई राखेको ३ केजी ५० ग्राम चरेशसहित अन्जित थापालाई पक्राउ गरेको थियो। थप अनुसन्धानको क्रममा सोही दिन अन्जितलाई उक्त सामान दिने सुजनलाई पक्राउ गरी सुजनलाई समेत चरेश दिने जालिन्द्रलाई पक्राउ गरेको हो। जालिन्द्रको कोठाबाट सानो थाङ्कामा प्रयोग हुने आयातकार काठको ९६ थान लिस्टिभित्र लुकाई राखेको २ केजी ४० ग्राम चरेश र २ डब्बा फेबिकोल, २ थान फलामको हेक्सा ब्लेड, २ थान छिनो, १ थान चक्कु, २ थान हतौडा, १ थान धार लगाउने सिल्ली, २ थान फलामको ढुङ्ग्रो, ४ रोल ¥यापिङ टेप बरामद भएको छ।

थप अनुसन्धानको सिलसिलामा असोज १५ गते दिनदयाल महतोको कोठाबाट सानो थाङ्कामा प्रयोग हुने काठको १ सय १३ थान लिस्टिमा लुकाई राखेको २ केजी ८ सय ७५ ग्राम चरेश, ३ थान डिजिटल तराजू, १ थान सिलाई मेशिन, १ थान रोलिङ मेशिन, २ थान फेबिकोल, विभिन्न १७ थान हस्तकला, ६ थान थाङ्का लगायतका सामान र नगद १ लाख रुपैयाँ सहित दिनदयाल र दिपेन्द्र महतोलाई पक्राउ गरिएको हो। साथै सोही दिन जालिन्द्र र सुजनलाई चरेस बिक्री गर्ने रबिलाई उनकै कोठाबाट ९ ग्राम ५ सय मिलीग्राम लागूऔषध चरेश सहित पक्राउ गरेको हो।

थप अनुसन्धानको सिलसिलामा असोज १६ गते रविलाई चरेश उपलब्ध गराउने मोतीलाललाई समेत २ ग्राम ५ सय मिलीग्राम चरेशसहित पक्राउ गरिएको हो। उनले धादिङ लगायत विभिन्न स्थानबाट लागूऔषध चरेश संकलन गरी उपलब्ध गराउने गरेको अनुसन्धानबाट खुल्न आएको छ।

उनीहरूले नेपालबाट विभिन्न हस्तकलाका सामानहरुमा चरेश लुकाई कार्गोबाट हङकङ पठाउने गरेको र उनीहरूउपर लागूऔषध सम्बन्धी कसूरमा अदालतबाट म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले जनाएको छ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top