नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्छौं : गृहमन्त्री खाँण

२४ असोज, काठमाडौं ।

गृहमन्त्री बालकृष्ण खाँणले बाँकेका दुई महिलाका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्ने बताएका छन्। गृहमन्त्री खाँणले बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा संलग्नहरुलाई तत्काल अनुसन्धान गरी कानुनबमोजिम कडा कारबाही गर्ने बताएका हुन्।

आइतबार सिंहदरबारमा पुगेर महिला अधिकारकर्मीहरुले सो घटनाका दोषीमाथि कडा कारबाही गर्न गृहमन्त्री खाँणलाई ज्ञापनपत्र बुझाएका थिए। त्यसक्रममा गृहमन्त्री खाँणले पीडितलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताए।

’नेपाली जनताको जीवनरक्षा गर्ने राज्यको दायित्व हो। कुनै पनि नेपाली जनताले अनाहकमा जीवन गुमाउन नपरोस् त्यसमा हामी गम्भीर छौं। र, जनताको जीवनरक्षाका लागि महिला दिदीबहिनीहरुको रक्षाका लागि राज्य र सरकार गम्भीर छ। यी भएका घटनाहरुको बारेमा तत्काल अनुसन्धान पनि हुन्छ।

अब कानुनमा भएको व्यवस्थाको रक्षा गर्ने, कानुनको रक्षा गर्ने दायित्व पनि सरकारको हो। कानुनबमोजिम नै कारबाही हुन्छ,’ उनले भने।

गृहमन्त्री खाँणले सरकारले महिलामाथि हुने हत्या, हिंसालगायतका अपराधिक घटना नियन्त्रण गर्न गम्भिर भएर लागिपरेको दाबीसमेत गरे। त्यसक्रममा महिला अधिकारकर्मीहरुले पीडितको न्यायका लागि दोषीमाथि कडा कारबाही गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए।

महिला सुरक्षा दवाव समूहकी सुशीला श्रेष्ठले दोषीमाथि कडा कारबाही गरी पीडितलाई न्याय दिन सरकारलाई दबाब दिनुपरेको बताए। उनले सरकारले सो घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न कुनै चासो नदिएको भन्दै आक्रोशसमेत व्यक्त गरे।

महिला अधिकारकर्मीहरुले सो घटनाका पीडितको न्यायको खोजी गर्दै नेपालगंजबाट पैदल यात्रा गरी काठमाडौं आएर शान्तिपूर्ण प्रदर्शन गरिरहेका महिला अधिकारकर्मीहरुलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिएको उल्लेख गर्दै तत्काल रिहा गर्न पनि माग गरेका छन्।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top