अन्धविश्वासको कारण महिलाको हत्या गरेको अभियोगमा पक्राउ

२४ असोज ७८, सोमबार

२४ असोज, काठमाडौं ।

ललितपुर महानगरपालिका २७ सुनकोठी बस्ने नुवाकोट बेलकोटगढी नगरपालिका ९ की ४५ वर्षीया कमला तामाङको डोरीले घाँटी कसेर हत्या गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका २८ हरिसिद्धि नयाँबजार बस्ने मकवानपुर राक्सीराङ गाउँपालिका ५ प्याङचे टोल घर भएका २३ वर्षीय सविन प्रजा, ललितपुर महानगरपालिका २८ हरिसिद्धि बस्ने मोरङ पथरी शनिस्चरे नगरपालिका ८ मंगलबारे घर भएका २० वर्षीय सुमुन मगर र १८ वर्षीया किशोरी रहेका छन्। उनीहरुमध्ये सुमनलाई बिहीबार ललितपुर महानगरपालिका २८ हरिसिद्धि र सविन तथा किशोरीलाई मकवानपुर मनहरी गाउँपालिका ७ बाट शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

Advertisement

भदौ २५ गते बिहान कमलाको डोरीले घाँटी कसी हत्या भएको घटनाको थप अनुसन्धानका लागि महानगरीय अपराध महाशाखा मीनभवन र महानगरीय प्रहरी वृत्त चापागाउँ ललितपुरबाट खटिएको प्रहरीले हत्यामा संलग्न उनीहरुलाई पक्राउ गरेको हो।

सविन र सुमनले मानिस पासो लागी मरेको डोरी, राम लक्ष्मण र हनुमान भएको पुराना सिक्का, दाहिने शंख, चट्याङ परेको ढुङ्गा लगायतका वस्तुहरु महत्वपूर्ण हुने र करोडौं रुपैयाँमा बिक्री हुन्छ भन्दै अन्धविश्वासमा परी त्यस्तो डोरी प्राप्त गरी रकम आर्जन गर्ने उद्देश्यले सुमनको पूर्व चिनजानकी टहरामा एक्लै बस्ने कमलालाई गत भदौ २४ गते साँझ टहरामा गई खानपीन गरी सुत्ने बेलामा घाँटीमा डोरीले कसी हत्या गरेपछि उनले लगाएको गहना र मोबाइल समेत लुटी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको महानगरीय अपराध महाशाखा मिनभवनले जनाएको छ।

उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त चापागाउँ पठाइएको उक्त महाशाखाले जनाएको छ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top