×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

दशैँ भत्ता फिर्ता गर्ने घोषणा गरेका सांसदले फिर्ता गरेनन्, थप भत्ता बुझे

२४ आश्विन २०७८

२४ असोज, जनकपुरधाम ।

गत वर्ष कोराना महामारी उत्कर्षमा रहेका रहेका बेला आफैँले दशैँ भत्ता फिर्ता गर्ने घोषणा गरेका प्रदेश सांसदहरूले फिर्ता नगरेको खुलेको छ ।

Advertisement
Advertisement

कोरोना महामारीले लामो समयसम्म प्रदेशसभा बन्द रहेको तथा लकडाउनका कारण गरिब, मजदुरहरूको आयआर्जनका माध्यमहरू बन्द रहेको अवस्थामा सांसदहरूले दशैँ भत्ता बुझेपछि चौतर्फी आलोचना भए पनि प्रदेशसभाका नेपाली कांग्रेस, तत्कालीन जनता समाजवादी पार्टी, तत्कालीन नेकपाले विज्ञप्ति नै जारी गरेर बुझेको दशैँ भत्ता फिर्ता गर्ने घोषणा गरेका थिए । तर, अर्को दशैँ आइसक्दा पनि सांसदहरूले दशैँ भत्ता फिर्ता गरेका छैनन् ।

पार्टीले दशैँ भत्ता फिर्ता गर्न निर्देशन नै दिएपछि यी पार्टीका प्रदेश संसदीय दलका बैठकले फिर्ता गर्ने लिखित रूपमा निर्णय नै गरेर प्रेस विज्ञप्ति पनि जारी गरेका थिए । तर, अहिलेसम्म कुनै पनि सांसदले दशैँ भत्ता फिर्ता नगरेको लेखा शाखाले जनाएको छ ।

सांसदहरूले सस्तो लोकप्रियताका लागि दशैँ भत्ता फिर्ता गर्ने घोषणा गरे पनि खातामा गइसकेको पैसा फिर्ता गर्न कुनै पनि सांसदले प्रदेशसभा सचिवालयमा पत्र नपठाएको प्रदेशसभा सचिव रंजित यादवले बताए । ’दशैँ भत्ताको पैसा फिर्ता गर्नु भनेर कुनै पनि सांसदले सचिवालयलाई पत्र पठाएको छैन’, सचिव यादवले भने, ‘बाहिर कसले कुन विज्ञप्ति निकाल्यो, त्यसलाई हामीले मान्ने होइन । हामीलाई लिखित जानकारी आएपछि मान्ने हो ।’

यसबीच संघीय सांसदको दशैँ भत्ता रोकिए पनि विगतका वर्ष जस्तै यस वर्ष पनि प्रदेश २ का सांसदहरूले दशैँ भत्ता बुझेका छन् । मुख्यमन्त्रीदेखि मन्त्री, राज्यमन्त्रीहरूले पनि दशैँ भत्ता बुझेका हुन् ।

प्रदेश २ का सांसदहरूले एक महिनाको पारिश्रमिक बराबर दशैँ भत्ता पाएका छन् ।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनअनुसार प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूलाई दशैँ भत्ता उपलब्ध गराइएको छ । प्रदेशसभा सचिवालयका लेखा अधिकृत नवीन मिश्रले ऐनमा भएको व्यवस्थाअनुसार पदाधिकारी र सांसदहरूलाई दशैँ भत्ताबापत ५५ लाख रुपैयाँ निकासा भइसकेको बताए ।

Advertisement

लिखित रूपमै दशैँ भत्ता फिर्ता गर्ने घोषणा गरेका प्रदेश सांसदहरूले फिर्ता नै नगरी थप दशैँ भत्ता लिएकामा सांसदहरूको नैतिकतामा प्रश्न उठेको जनकपुरमा युवा नेता जानी खान मधेसीले बताए । ‘या त सांसदहरूले फिर्ता गर्दिनँ भन्नु पर्थ्यो वा लिखित रूपमै फिर्ता गर्ने घोषणा गरेपछि फिर्ता गर्नुपर्थ्यो’, उनले भने, ‘फिर्ता गर्नु त परको कुरा, बरु उनीहरूले यस सालमा दशैँ भत्ता बुझेका छन् ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top