×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

दिल्लीमाथि रोमान्चक जित निकाल्दै चेन्नई फाइनलमा

२५ आश्विन २०७८

२५ असाेज, एजेन्सी ।

दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को फाइनलमा पुगेको छ । आइतबार राती सम्पन्न पहिलो क्वालिफायर खेलमा चेन्नईले दिल्लीलाई हराउँदै नवौं पटक आइपिएलको फाइनलमा स्थान बनाएको हो । चेन्नई यसअघि तीन पटकको च्याम्पियन भइसकेकाे छ ।

Advertisement
Advertisement

दुबईमा भएकाे खेलमा जितको लागि १ सय ७३ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । चेन्नईलाई अन्तिम २ ओभरमा जितको लागि २४ रन चाहिँएको थियो । १९ औं ओभरमा आवेश खानलाई कप्तान महेन्द्रसिंह धोनीले एक चौका र १ छक्का सहित ११ रन जोडेपछि खेल रोचक बनेको थियो । अन्तिम ६ बलमा चेन्नईलाई १३ रन चाहिँएको थियो ।

अन्तिम ओभरमा टम करनले पहिलो बलमा मोईन अलीलाई १६ रनमा क्याच आउट गराए । दोस्रो र तेस्रो बलमा धोनीले लगातार चौका प्रहार गरेपछि बाँकी ३ बलमा ४ रन चाहिँएको थियो । लगत्तै अर्को बल वाइड फाले । चौथो बलमा धोनीले चौका प्रहार गर्दै फाइनलमा स्थान पक्का गराए । धोनी ६ बलमा ३ चौका र १ छक्का सहित १८ रनमा अविजित रहे ।

चेन्नईका युवा ओपनर ऋतुराज गायकवाडले ५० बलमा ५ चौका र २ छक्का सहित सर्वाधिक ७० रनको योगदान दिए । रोबिन उथप्पा ४४ बलमा ७ चौका र २ छक्का सहित ६३ रनमा क्याच आउट भए ।

दोस्रो विकेटका लागि ऋतुराज गायकवाड र रोबिन उथप्पाले ७७ बलमा १ सय १० रनको शतकीय साझेदारी गरेका थिए । पहिलो ओभरको चौथो बलमा तीव्र गतिका बलर एनरिच नोर्कियाले फाफ डु प्लेसिसलाई १ रनमा बोल्ड आउट गरेका थिए । त्यसपछि दिल्लीले दोस्रो विकेटका लागि १४ ओभर पर्खनु परेको थियो ।

टम करनको १४ औं ओभरको तेस्रो बलमा उथप्पा श्रेयस ऐरबाट क्याच आउट भएपछि शतकीय साझेदारी तोडिएको थियो । आवेश खानले ऋतुराजलाई अक्षर पटेलबाट क्याच आउट गराए । दिल्लीका टम करनले ३.४ ओभरमा २९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । एनरिच नोर्किया र आवेश खानले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । दिल्लीका ओपनर पृथ्वी शाले ३४ बलमा ७ चौका र ३ छक्का सहित सर्वाधिक ६० रनको योगदान दिए । कप्तान ऋषभ पन्त ३५ बलमा ३ चौका र २ छक्का सहित ५१ रनमा अविजित रहे ।

दिल्लीलाई ओपनर पृथ्वी शा र शिखर धवनले पहिलो विकेटका लागि ३।२ ओभरमा ३६ रन जोड्दै राम्रो सुरुवात दिएका थिए । तीव्र गतिका बलर जोश हेजलवुडको बलमा धवन महेन्द्रसिंह धोनीबाट ७ रनमा समातिन पुगे । बाँकी १४ रन जोड्दा दिल्लीले युवा ब्याटर श्रेयस ऐरलाई १ रनमा गुमाएको थियो । हेजलवुडको छैटौं ओभरको तेस्रो बलमा ऐर ऋतुराज गायकवाडबाट १ रनमा समातिन पुगे ।

अक्षर पटेल ११ बलमा १ चौका सहित १० रनमा क्याच आउट भए । स्पिनर मोईन अलीको बलमार पटेल वैकल्पिक फिल्डर मिचेल सान्टनरबाट समातिन पुगेका थिए । स्पिनर रविन्द्र जडेजाको ११ औं ओभरको दोस्रो बलमा शा फाफ डु प्लेसिसबाट क्याच आउट भएका थिए ।

पाँचौं विकेटका लागि ऋषभ पन्त र शिम्रन हेटमायरले ८३ रनको साझेदारी गर्दै दिल्लीलाई बलियो अवस्थामा पुर्याएका थिए । ड्वेन ब्राभोले १९ औं ओभरको चौथो बलमा हेटमायरलाई जडेजाबाट ३७ रनमा क्याच आउट गराए । हेटमायरले २४ बलमा ३ चौका र १ छक्का प्रहार गरे । चेन्नईका जोश हेजलवुडले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । ड्वेन ब्राभो, रविन्द्र जडेजा र मोईन अलीले १–१ विकेट लिए ।

चेन्नईले २०१०, २०११ र २०१८ को आइपिएल जितेको थियो । २००८, २०१२, २०१३, २०१५ र २०१९ मा चेन्नई उपविजेतामा सिमित भएको थियो । दिल्लीले गतवर्ष पहिलो पटक आइपिएल फाइनलमा खेलेपनि मुम्बईसँग पराजित हुन पुगेको थियो ।

Advertisement

सोमबार एलिमिनेटर खेलमा तेस्रो स्थानको रोयल च्यालेन्जर्स बेंगलोर र चौथो स्थानको कोलकता नाइट राइडर्सबीच शाहजाहमा प्रतिस्पर्धा हुनेछ । एलिमिनेटरको विजेताले दोस्रो क्वालिफायरमा दिल्लीसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल शुक्रबार हुनेछ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top