×

NEPAL TIMES UPDATES

Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026

नयाँ घरमा दसैं मनाउने पहिरोपीडितको सपना अधुरै

२५ आश्विन २०७८

काठमाडौं: एक वर्षदेखि टहरामै जीवन निर्वाह गर्दै आएका मर्स्याङ्दी गाउँपालिका–३ पल्लोटारीका पहिरोपीडितको नयाँ घरमा दसैँ मनाउने सपना अधुरै भएको छ ।

प्रदेश सरकारले पीडितका लागि नयाँ बनाइदिने घोषणा गरेको थियो । सरकारको सोही घोषणाका कारण पीडितले घरको जग खन्न सुरु गरे । कसैले डिपिसी ढलान समेत गरे । तर, अनुदानका लागि सम्झौतासमेत नभएपछि पीडितहरू दसैंमा समेत त्रिपालमुनि बस्न बाध्य छन् ।

Advertisement
Advertisement

समयमै घर निर्माण गर्ने सम्झौता नहुँदा दसैंअघि नयाँ घरमा सर्ने उनीहरूको सपना पूरा नहुने भएको हो । ‘नयाँ घरमा सर्ने र दसैं मनाउने ठूलो सपना थियो,’ पहिरोपीडित विष्णुमाया अछामीले भनिन्, ‘दुई वर्षको दसैं टहरामै बित्ने भयो । पहिरो गएलगत्तै सरकारका प्रतिनिधिले घर बनाउने आश्वासन दिए पनि पीडितले अहिलेसम्म घर पाएका छैनन् ।

७ र ८ साउन ०७७ मा पल्लोटारीमा पहिरोले २१ घर पुरेको थियो । ५४ घर उच्च जोखिममा परे । गाउँका चार सय जना एकै पटक विस्थापित भएका थिए । उनीहरूलाई तत्काल उद्धार गरी तरापुको देवीथानमा राखियो । संघ, प्रदेश, स्थानीय सरकार, विभिन्न संघसंस्था, स्थानीयको सहयोगमा अस्थायी टहरा निर्माण गरिएको थियो ।

पटक–पटक सरकारका प्रतिनिधिले घर बनाउने आश्वासन सुनाए । एक वर्ष बित्यो, तर पीडितको नयाँ घरमा बस्ने सपना भने पूरा भएन । ‘सरकारका प्रतिनिधिले वैशाखमा नयाँ घरको चाबी दिन्छौं भनेर भाषण गरेका थिए,’ पहिरोपीडित जमुना अधिकारीले भनिन्, ‘हिउँद बित्यो, बर्खा पनि बित्यो, नयाँ घर बनाउन सम्झौता समेत हुन सकेको छैन ।’

Advertisement

पहिरोमा परी घाइते भएकी सिर्जना गोतामे आफूहरू एक वर्षदेखि टहरामै बसेको बताउँछिन् । उनी भन्छिन्, ‘पहिरोले घर नै पुरियो, दसैंमा नयाँ घरमा बस्ने सपना अधुरै भयो ।’ मर्स्याङ्दी गाउँपालिका–३ का वडाअध्यक्ष प्रेम बस्नेतले पहिरोपीडितका लागि घर बनाउन जग्गाको व्यवस्थापन भइसकेको बताए ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top