Nepal Times
Nepal Times
3
Shares

सूर्योदय नछुटाउने अभिनेता

सूर्योदय नछुटाउने अभिनेता

२५ असोज, काठमाडौं ।

बलिउड अभिनेता अक्षयकुमार फिटनेसका लागि पनि उत्तिकै चर्चित छन् । किनकि उनको दिनचया अनुशासित छ ।

उनले यो दिनचर्या र जिन्दगीमा इन्जोय गर्ने गरेको बताएका छन् । ‘मैले कसैको दबाब र करकापमा यो जिन्दगी रोजेको होइन, यसलाई म इन्जोय गर्छु,’ अक्षयले भनेका छन् ।

उनले आफू हरेक दिन सूर्योदय देख्ने गरेको बताए । आफ्ना बुवा सैनिक भएकोले पनि यो तालिकाको विकास भएको समेत उनले बताए ।

‘म गर्व गर्छु हरेक दिन सूर्योदय हेर्न पाउँछु,’ अक्षयले भने, ‘म बिहानै ४ बजे उठ्छु , किनकि यो मैले नै आफूलाई बनाएको नियम हो ।’ उनको फिटनेसको चर्चा बि–टाउनमा हुने गर्छ । उनी नजिकको सुटिङ सेटसम्म हिँडेरै जाने गर्छन् भने बिहानै दैनिक जिम पुग्छन् ।

उनले प्रायः छायाँकन ८÷९ घण्टामै सक्ने गरेका छन् । ’अक्षयले बिहानै छायाँकन थाल्छन् र बेलुकीसम्म प्याकअप गर्छन्,’ उनीसँग धेरै फिल्ममा काम गरिसकेका रितेश देशमुखले भने ।

उनले हाउसफूल सिरिजसँगै ’हे बेबी’मा अक्षयसँग काम गरेका छन् । अक्षयले पछिल्लो समय लकडाउनमा छायाँकन गरेको फिल्म ’बेल बटम’ का लागि मात्र यो नियम ब्रेक गरेका थिए ।

उनले प्याकेटको खानेकुरा नखाने गरेको बताउने गरेका छन् । ’म प्याकेटको खानेकुरा खादिन भने अल्कोहल पनि लिने गरेको छैन र आफ्नो अनुसासन कायम गर्ने गरेको छु,’ अक्षयले एक इभेन्टमा भनेका छन् । ५४ वर्षमा पनि फिट रहनुको कारणबारे उनले इभेन्टमा बताएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.