×

NEPAL TIMES UPDATES

Playing
World News: इरानी मिसाइले भारतीय र पाकिस्तानीको मृ*त्यु, किमलाई कसले दियो राइ*फल ? || Nepal Times
Mar 27, 2026
Playing
दोलखा लाप्चाबाट सम्पर्कविहीन भयो हेलिकप्टर || Nepal Times
Mar 27, 2026
Playing
जेनजी आ न्दो लनमा पानी बाँड्न निस्किएका सुदन देशको गृहमन्त्री || Nepal Times
Mar 27, 2026
Playing
इरान–युएस सम्झौता सम्भावनाले नेतन्याहु संकटमा, मोज्तबा समलिङ्गी ! || Nepal Times
Mar 27, 2026
Playing
टिम बालेनको प्रोफाइलः कसका के विशेषता ? || Nepal Times
Mar 27, 2026
Playing
प्रधानमन्त्री बनेपछि बालेनले बनाएका ७ रेकर्डहरू || Nepal Times
Mar 27, 2026
Playing
प्रधानमन्त्री बालेनको शपथमा ५ पूर्वसरकार प्रमुख सहभागी, ओली गएनन् || Nepal Times
Mar 27, 2026
Playing
Top 15 Afternoon News || Mar-27-2026 || Nepal Times
Mar 27, 2026
Playing
प्रधानमन्त्री बालेन्द्रको सपथ समारोह, शंखनाद, स्वस्ति वाचनदेखि मंगलपाठसम्म || Nepal Times
Mar 27, 2026
Playing
बालेनका १५ सारथि को कस्ता ? || Nepal Times
Mar 27, 2026

इनरुवा सबस्टेसन निर्माण धमाधम, पुसभित्र निर्माण सक्ने लक्ष्य

२५ आश्विन २०७८

२५ असोज, काठमाडौं ।

सुनसरीमा निर्माणाधीन ग्याँस इन्सुलेटेड प्रणालीमा आधारित (जिआइएस) ४०० केभी र २२०÷१३२÷३३ केभी इनरुवा सबस्टेसनको काम धमाधम भइरहेको छ । आगामी पुसभित्र निर्माण सम्पन्न गरी सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको हो ।

Advertisement

सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत प्रवाहका अतिरिक्त स्थानीय रूपमा आपूर्तिसमेत गरिने छ । यसबाट त्यहाँको विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ ।

४०० केभी र २२०÷१३२÷३३ केभी सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । साथै ट्रान्सफर्मर, रियाक्टर सर्किट ब्रेकरजस्ता मुख्य उपकरण निर्माणस्थलमा ल्याइसकिएको छ । २२०÷१३२÷३३ केभी सबस्टेसनका उपकरण जडान भइसकेको छ । ४०० केभी र २२०÷१३२÷३३ केभी सबस्टेसनको समग्र निर्माण प्रगति क्रमश ः ६५ र ८५ प्रतिशत छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको अवलोकन र निर्माणमा संलग्न आयोजना व्यवस्थापन, ठेकेदार कम्पनी, परामर्शदातासँग छलफल गरी निर्धारित समयमै काम सम्पन्न गर्न आग्रह गरे ।

मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगलाई थप विद्युत दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन इनरुवा सबस्टेसनको निर्माण तत्काल सक्नु पर्ने छ, यस्तो मेरुदण्डको रुपमा रहेको सबस्टेसन निर्माणमा आइपर्ने समस्या तत्काल समाधान गर्न तयार छौं’, उनले भने ।

उनका अनुसार सबस्टेसन तयार भएपछि कोसी करिडोर २२० केभी प्रसारण लाइनलाई २२० केभीमा चार्ज गर्न सकिन्छ । अरुण तथा तमोर नदी र त्यसका सहायक खोलामा निर्माण गरिएका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत कोसी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ ।

कोसी करिडोरको इनरुवा–बसन्तपुर–तुम्लिङटार खण्ड निर्माण सम्पन्न भइसकेको छ भने वसन्तपुर–ढुंगेसाँघु खण्ड निर्माणाधीन छ ।

Advertisement

नेपाल सरकारको लगानीमा निर्माण भइरहेको ४०० केभी सबस्टेसन निर्माणका लागि २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो । नेपाल सरकारको लगानी र विश्व बैकको सुहलितपूर्ण ऋणमा नेपाल–भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाअन्तर्गत २२०÷१३२÷३३ केभी सबस्टेसनको निर्माण गरिएको हो ।

भर्खरको समाचार

अमेरिकाविरुद्ध धेरै विकल्पहरू बाँकी रहेको इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

शंखनाद र स्वस्ति बाचनसंगै लिए बालेनले प्रधानमन्त्रीको सपथ

658855684_938633488756669_1735845216725342594_n

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

सम्बन्धित खबरहरु

Scroll to Top