एनआरएनएको १०औं विश्व सम्मेलन र महाधिवेशन स्थगित

एनआरएनएको १०औं विश्व सम्मेलन र महाधिवेशन स्थगित

२५ असोज, काठमाडौँ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए)को १०औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ। परराष्ट्र मन्त्रालयले पटकपटक पत्र काटेर विवादको टुंगो नलागेसम्म निर्वाचन नगर्न पत्राचार गरेपछि संघको आइतबार बसेको बैठकले सम्मेलन तथा महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।

संघका महासचिव डा. हेमराज शर्माका अनुसार संघका ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि कसले छान्ने भन्ने विषयमा मन्त्रालयले विधान विपरित नयाँ व्याख्या गरेपछि विवाद सिर्जना भएको हो ।

विधानको अनुसूची ६ (क) मा ‘प्राथमिकताको सूचिमा रहेका व्यक्तिहरू (अर्थात ६५ प्रतिशतमा पर्ने योग्य व्यक्तिहरू) ले राष्ट्रिय समन्वय परिषदको निर्वाचनपूर्व तोकिएको प्रणालीमा आफ्नो नाम दर्ता गराउनु पर्नेछ’ भन्ने प्रष्ट विधानमा व्यवस्था छ ।

यति हुदाँहुदै मन्त्रलायले ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि नयाँ वा पुरानो कार्यसमिति कसले छान्ने विधानमा उल्लेख नभएकाले पूर्व अभ्यासअनुसार गर्ने भनी परिपत्र गर्नु अवैधानिक भएको महासचिव डा. शर्माको भनाई छ ।

संघको विशेष परिस्थितिमा ६ महिना विश्व सम्मेलन सार्न सकिने प्रावधानअनुसार निर्वाचन तथा महाधिवेशन हाललाई स्थगित गरिएको र अब मन्त्रालयसँग समन्वय गरी नयाँ मिति तय गरिने बताइएको छ । यसअघि संघले अक्टोबर २० मा निर्वाचन र अक्टोबर २३ देखि २५ सम्म १० औं विश्व सम्मेलन गर्ने तयारी गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.