माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई

माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी नारायणकाजी श्रेष्ठलाई

२५ असोज, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)को अन्तर्राष्ट्रिय विभागको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका छन्।

पछिल्लो समय पार्टीमा नेतृत्वको जिम्मेवारी बाँडफाँड तथा मन्त्रिपरिषद् विस्तारमा असन्तुष्टि जनाउँदै आएका श्रेष्ठलाई पार्टीले उक्त विभागको जिम्मेवारी दिएको हो।

यसअघि श्रेष्ठलाई पार्टीले प्रवास समन्वय विभागको जिम्मेवारी दिएको थियो।

माओवादीले अन्तर्राष्ट्रिय विभागमा रहने सदस्यहरु भने टुंगो लगाइसकेको छैन। त्यसका लागि यसअघि नै पार्टी निकटका डिप्लोम्याट र विदेश मामिलाका जानकारहरुको सूची भने तय गरिसकेको छ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्नुअघि पनि श्रेष्ठ अन्तर्राष्ट्रिय विभागको नेतृत्वमा थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.