घान्द्रुक दुर्घटनामा मृत्यु हुने आठैजनाको सनाखत, ७ जना काठमाडौंबाट घुम्न गएका विद्यार्थी

२५ असाेज,  पोखरा ।

पर्यटकीय गाउँ घान्द्रुकमा आज दिउँसो साढे १ बजे जिप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको छ । कास्कीको घान्द्रुक खण्डमा जिप दुर्घटनामा परि मृत्यु भएकाको ८ जनाकै सनाखत भएको छ ।

दशैं विदामा पोखरा घुम्न आएका काठमाडौं महानगरपालिका- ३ गोंगबुका विद्यार्थी र उनीहरुलाई लिएर घान्द्रुक जाँदै गरेका जिपचालक दुर्घटनामा परेका हुन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा जिप चालक अन्नपूर्ण ५ नयाँ पुल बस्ने ४२ वर्षीय खुसीमान क्षेत्री, काठमाडौँ महानगर ३ गोङ्गबुका १८ वर्षीय जिनलव घिसिङ, सोही स्थानकी वर्ष २४ की सुजा चौधरी, वर्ष २० की लिजा चौधरी, वर्ष २० का सुमन चौधरी, वर्ष २२ को अछुतम काफ्ले, वर्ष १८ को आशिष आले र गोरखा घर भई हाल काठमाडौँ ३ गोङ्गबु बस्ने वर्ष २७ को विनय क्षेत्री रहेका छन् ।

दुर्घटनामा गोङ्गबुकै वर्ष २० की देवीका घिसिङ घाइते भएकी छिन् । भिरमा अड्किएकी उनको बायाँ हात र नाकमा चोट लागेको छ । भीरमा अड्किएको अवस्थामा देविजाको स्थानीयले उद्धार गरेका थिए ।

पोखरास्थित हरि चोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जिप घान्द्रुकको कला भीरमा दुर्घटनामा परेको हो । जिपमा चालक सहित ९ जना यात्रु सवार थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top