नेपाल एअरलाइन्सका कर्मचारीको १०४ दिनदेखिको आन्दोलन स्थगित

२५ असोज ७८, मंगलबार

काठमाडौं : नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिनप्रकाश पौडेलको विषयलाई लिएर आन्दोलन गरिरहेका कर्मचारीले आजदेखि आफ्ना सबै आन्दोलन स्थगित गरेका छन्। आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग मन्त्रालयमा भएको छलफलपछि कर्मचारीहरूले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिएका हुन्।

Advertisement

मन्त्री आले तथा नेपाल वायुसेवा निगमका कर्मचारीबीच नेपाल वायु सेवा निगमका महाप्रबन्धक पौडेलका विषयमा उठेका समस्या कानूनसम्मत तरिकाले समाधान गर्ने सहमतिपश्चात आन्दोलनका सबै कार्यक्रम स्थगित भएको नेपाल राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले बताए।

नेपाल वायुसेवा निगमका महाप्रबन्धक पौडेलका कारण वायुसेवा निगम घाटामा गइरहेको आरोपसहित कर्मचारीले १०४ दिनदेखि आन्दोलन गर्दै आएका थिए। यसै क्रममा आन्दोलनरत कर्मचारीका विभिन्न सङ्घरसङ्गठनले मन्त्री आलेलाई महाप्रबन्धक पौडेलको बर्खास्तीका लागि भन्दै ज्ञापनपत्र बुझाएका छन्। महाप्रबन्धक पौडेललाई पुनः नेपाल वायुसेवा निगममा नपठाउन कर्मचारीको माग रहेको छ।नागरिक

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top