×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारका नायक सुधनको अपत्यारिलो बहिर्गमन || Nepal Times
Apr 22, 2026
Playing
गर्भवती असुरक्षित गर्भपतनबाट मृ त्यु, २ डाक्टर प क्रा उ || Nepal Times
Apr 22, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026

न्याय माग्दै हिरासतभित्रै आमरण अनशन

२६ आश्विन २०७८

बाँके: अधिकारकर्मी रुबी खान प्रहरी हिरासतमा आमरण अनशन बसेकी छन् । न्यायको अपिल गर्दै पैदलै काठमाडौं पुगेकी उनलाई माइतीघरबाट धर्नामा बसेका बेला गत शुक्रबार प्रहरीले पक्राउ गरी भोलिपल्ट नेपालगन्ज ल्याएको थियो । उनलाई बहुविवाहको मुद्दामा अदालतको आदेशले पक्राउ गरिएको प्रहरीको दाबी छ ।

बाँकेको नेवाजी गाउँकी नन्कुन्नी धोबी आफ्नै घरमा मृत फेला परेको र परस्पुर गाउँकी एकल महिला निर्मला कुर्मी हराएको विषयमा स्थानीय प्रशासनले चित्तबुझ्दो अनुसन्धान नगरेको भन्दै महिला अधिकार मञ्चकी रुबीलगायत १४ जनाको टोली २० दिन हिँडेर काठमाडौं पुगेका थिए । जिल्ला सरकारी वकिल कार्यालयमा सोमबार बयानका लागि उपस्थित गराइएकी उनले आफूमाथि प्रहरी प्रशासनले ज्यादती गरेको बताइन् । बहुविवाहको झूटो मुद्दामा पक्राउ पुर्जी नै नदिई जबर्जस्ती नियन्त्रणमा लिएर हिरासतमा राखेको उनको दाबी थियो ।

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय बाँकेले भने उनीविरुद्ध बहुविवाहसम्बन्धी मुद्दा दर्ता भएकाले कारबाही अघि बढाइएको जनाएको छ । रुबीले शुक्रबारदेखि केही खाएकी छैनन् । श्रीमान्सँग २०७६ असोज ८ मा इस्लाम धर्मअनुसार तलाक भएको र त्यसको १० दिनपछि अदालतबाट सम्बन्ध विच्छेद प्रमाणीकरण समेत गरेको उनले दाबी गरिन् । प्रहरीले भने उनीविरुद्धको मुद्दाका विषयमा प्रस्ट पारेको छैन ।

बाँके प्रहरीको हिरासतमै अनशनरत रुबीबारे प्रहरीले सर्वोच्चलाई भन्यो– ’उनी कहाँ छिन् थाहा छैन’ रुबीले निर्मला र नन्कुन्नीको न्यायका लागि गत भदौ १३ देखि आन्दोलन थालेकी हुन् । जिल्ला प्रशासनमा धर्ना बसेर पनि कुनै सुनुवाइ नभएपछि असोज १ देखि पैदल यात्रा थालिएको उनले बताइन् । लामो पैदल यात्राले उनका खुट्टामा फोका उठेर फुटेकाले घाउ भएका छन् ।

खुट्टामा ब्यान्डेज लगाएर बसेकी छन् । ‘मैले अस्पतालमा छुट्टै क्याबिनमा राख्नुस् भन्दा पनि प्रहरीले मानेन । ट्रमा हस्पिटलमा लग्छौ भनेर प्रहरीले नेपालगन्ज ल्यायो, झूटो मुद्दा लगाएर मलाई फसाउन खोजिँदै छ,’ उनले भनिन्, ‘पावर भएकाहरूलाई तथ्य नभेटिएको भन्दै प्रहरीले नछुने, मलाई पक्राउ पुर्जी समेत नदिएर पक्राउ गरेको छ ।’

एक दशकअघिदेखि बेपत्ता नेपालगन्ज–१७ परस्पुरकी निर्मला कुर्मीको मृत्यु भएको प्रमाण फेला पारेको प्रहरीको दाबी छ । एक साताको अनुसन्धानपछि प्रहरीले निर्मला भारतमा पुगी दोस्रो बिहे गरेको फोटो र मृत्यु भएको तस्बिरलगायत कागजात प्राप्त गर्नुका साथै दोस्रो श्रीमान् बताउने भारतका अर्जुन कुर्मीको बयान समेत लिएको छ । बाँकेका डीएसपी मधुसुधन न्यौपानेले प्राप्त प्रमाण र बयानका आधारमा निर्मलाको भारतमा कालगतिले मृत्यु भएको देखिएको दाबी गरे । ‘हामीले मृत्यु प्रमाणपत्र पनि मागेका छौं,’ उनले भने, ‘प्राप्त तस्बिर र उनको दोस्रो श्रीमान्को बयानले मृत्यु भएको देखिन्छ ।’

यता नन्कुन्नीको विषयमा अदालतले फैसला गर्ने भएको छ । यद्यपि अनुसन्धान प्रक्रिया अगाडि बढाइरहँदा अधिकारकर्मी रुबीले अनावश्यक बाधा पुर्‍याउन खोजेको दाबी डीएसपी न्यौपाने गर्छन् । ‘मुद्दामा प्रहरीलाई अनुसन्धान गर्न सघाउनुको साटो उहाँले अनावश्यक बखेडा खडा गर्नुभयो,’ उनले भने ।

‘केही व्यक्ति निर्मलाको सम्पत्ति हडप्ने मनसायमा लागेको अनुसन्धानमा देखियो । कारबाहीको दायरामा लिनका लागि ठोस प्रमाण जुटाउने प्रयासमा छौं,’ उनले भने । नौ जनाका विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको प्रहरीले घटनाको प्रकृतिले निर्मलाको हत्या नभएको तर जग्गा ठगीको किचलो रहेको पाइएको जनाएको छ ।

Advertisement

रुबीलाई पक्राउ गर्नुको कारणबारे डीएसपी न्यौपानेले भने अदालतको आदेशअनुसार गरेको बताएका छन् । ‘असोज ६ गते भएको सुनुवाइपछि अदालतको आदेशअनुसार पक्राउ गरेको हो,’ उनले भने । रुबीविरुद्ध मोहमद शेर बागवानकी जेठी पत्नीले उजुरी गर्नुपर्ने हो तर उनको उजुरी आएको छैन । तेस्रो व्यक्तिले उजुरी दिएका छन् ।,याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top