मुगुमा बस दुर्घटना : २२ जनाको मृत्यु, १८ घाइते

२६ असाेज, मुगु ।

Advertisement

मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जनाको मत्यु भएको छ । दुर्घटनामा परी १८ जना घाइते भएका छन्।

नेपालगञ्जबाट दसैं मनाउन मुगुका स्थानीय बासिन्दा लिएर आउँदै गरेको बस छायाँनाथ नगरपालिकाको पीनागाउँमा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए। बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ ।

Advertisement

बस भीरबाट धेरै तल झरेकोले घाइते तथा शवहरु संकलन गर्ने काम भइरहेको प्रजिअ महतले बताए । घटनाबारे पूर्ण विवरण आइसकेको छैन । दुर्घटनास्थल दुर्गम भएकाले उद्दारमा कठीनाइ भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top