×

NEPAL TIMES UPDATES

Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026

मृगौला पिडित १६ बर्षीय बालकलाई सहयोगी मनहरुको खाँचो

१३ श्रावण २०७५

विराटनगर, साउन १३
मोरङको पथरी शनिश्चरे वडा नम्बर ६ हसन्दह निवासी हरिबोल चन्द्रवंशीले छोराको जीवन बचाई दिन अपिल गरेका छन । उनले आफना १६ बर्षीय छोरा अभिषेककुमार चन्द्रवंशीको जीवन बचाई दिन अपिल गरेका हुन ।

स्थानीय अमरसिंह उच्च मावि कक्षा ९ मा अध्ययनरत अभिषेकको दुवै मृगौला फेल भएपछि उनले सहयोगी मनहरुलाई सहयोग गरिदिन अनुरोध गरेका हुन ।

Advertisement
Advertisement

उनले छोराको उपचारका लागि भारतको मेदान्त, एपोलो, काठमाडौंको कान्तिबाल , टिचिङ र धरानको घोपामा देखाउदा आफूसँग भएको सबै रकम सकिएको बताए । अहिले अभिषेकको विराटनग स्थित नोबेल अस्पतालमा डायलाइसिस भैईरहेको छ ।

मृगौला प्रत्यारोपण गर्न विराटनगर बाहिर लान अस्पतालले सल्लाह दिएको पीडित बालकका बुबा हरिबोल चन्द्रबंशीले जानकारी दिए । उनले अहिलेसम्म २० लाखभन्दा बढी खर्च भैइसकेको बताउदै छोराको मृगौलासँग आफ्नो र श्रीमतीको मृगौला म्याच भएको तर आर्थिक अवस्था कमजोर भएको भन्दै मृगौला प्रत्यारोपणमा सहयोग पु¥याउन अनुरोध गरे ।

Advertisement
Advertisement

कमजोर आर्थिक अवस्था भएको चन्द्रवंशी परिवार अभिषेकको मृगौला फेल भएपछि बिचल्लीमा परेको छ । कृषि पेशा गरेर जीवन यापन गर्दै आएको चन्द्रवंशी परिवारलाई अहिले अभिषेकको उपचार गर्न समस्या भएको छ । स्थानीय सरकारी विद्यालयमा पढ्दै आएका अभिषेकलाई २०७२ सालदेखि पिसाबमा समस्या देखिएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top