×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

केही निकायको सम्पत्ति विवरण बुझाउने नयाँ व्यवस्था

१३ श्रावण २०७५

काठमाडौँ, साउन १३
राष्ट्रिय सर्तकता केन्द्रले केही सरकारी निकायको सम्पत्ति विवरण बुझाउने नयाँ व्यवस्था गरेको छ । संघीय संरचनाअनुसार केही कार्यालय थप भएका र पुराना केहीको सम्पत्ति विवरण बुझाउने ठाउँ परिवर्तन गरिएको केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले जानकारी दिए ।

उनका अनुसार राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालय, विशेष अदालत, महान्याधिवक्ता कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको सम्पत्ति विवरण बुझाउने ठाउँ परिवर्तन गरिएको छ ।

Advertisement
Advertisement

राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमा नियुक्त कर्मचारीले सम्बन्धित आ–आफ्नो कार्यालयमा, महान्याधिवक्ताले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले राष्ट्रिय किताबखानामा सम्पत्ति विवरण बुझाउन पर्नेछ ।

निजामती कर्मचारी र शिक्षकले समेत राष्ट्रिय किताबखानामा सम्पत्ति विवरण बुझाउन पर्नेछ । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई यस पटकदेखि सम्पत्ति विवरण बुझाउने नयाँ व्यवस्था गरिएको छ ।

प्रदेश प्रमुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, मुख्यमन्त्री र मन्त्रीले सम्बन्धित प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा, सभामुख, उपसभामुख, प्रदेश सांसदले प्रदेशसभाको सचिवालयमा, जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यले सम्बन्धित जिल्ला समन्वय समितिको कार्यालयमा र स्थानीय तहका प्रतिनिधिले सम्बन्धित स्थानीय तहको कार्यालयमा सम्पत्ति विवरण बुझाउने नयाँ व्यवस्था गरिएको केन्द्रका उपसचिव अर्यालले बताए ।

भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ५० अनुसार सरकारी सेवामा रहेका व्यक्तिले आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र र राजनीतिक नियुक्त भएको व्यक्तिले नियुक्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन पर्ने व्यवस्था गरिएको छ ।

Advertisement
Advertisement

सम्पत्ति विवरण नबुझाउनेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पाँच हजार जरिवाना गर्दछ । यस पटक भदौ २८ गतेभित्र कर्मचारीले तोकिएको ठाउँमा सम्पत्ति विवरण बुझाउनुपर्ने छ ।
(रासस)

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top