मौरी पाल्दा नामसंगै दाम

२७ असोज ७८, बिहीबार

२८ असोज, तनहुँ ।
व्यासनगरपालिका–१ गल्बुबेसीका रामनाथ मिश्रले पछिल्लो सयम मह र मौरी बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका छन् ।

उनले सीप र जाँगर भए धन कमाउन धेरै लगानी र जमिन चाहिदैँन भन्ने गतिलो उदाहरण प्रस्तुत गरेका छन् । सुरुमा तीन घारबाट व्यवसाय थालेका उनले अहिले सेरेना जातका मौरी सहित ९० घार पु–याइसकेका छन् ।

‘कम लगानी र थोरै क्षेत्रफलबाट पनि मनग्य कमाउन सकिन्छ’ भन्ने सपना बोकेर अघि बढेका उनले ‘दामसँगै नाम ’ पनि कमाउन सफल बनेका हुन् । साढे दुई आनाको बनेको घरको छत, बरण्डा पेटी, एक रोपनी जमिन मौरी पालन गरेर मह र मौरी बिक्री गरेर वार्षिक रु आठ लाख ५० हजार आम्दानी भएको उनले जानकारी दिए ।

Advertisement

विगत एक दशकदेखि सो व्यवसायमा लाग्नु भएका जिल्लाका मौरी पालक नमुना कृषक मध्येमा व्यवसायी मिश्र पर्ने गरेकोले मौरी पालन गर्नेलाई उनको फार्म देखाएर ज्ञान दिने गरिएको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए ।

केन्द्रबाट ४० घार अनुदान पाएकोले व्यवसाय बृद्धि गर्न सहज हुनुको साथै व्यवसायमा सफलता मिलेको किसान मिश्रले बताए । पछिल्लो समय उनको मह तथा मौरी किन्न ग्राहक घरमा नै आउने गरेका छन् ।

Advertisement

मह मानाको रु एक हजारका दरले ४०० माना मह घरैबाट बिक्री गरिएको छ । उनले भने “यस बर्ष धेरै परेकोले मौरीले मह सङ्कलन गर्न नसक्दा डेढ लाख कम नाफा भएको छ ।”यस वर्ष पानी धेरै परेकोले फूलको रस बगाउँदा मौरीले धेरै मह सङ्कलन गर्न नसक्दा कम नाफा भएपनि निराश नभएको उनले बताए ।

उनले पछिल्लो समय मौरी पाल्न चाहने किसानलाई प्रतिघार रु दश हजारमा बिक्री गर्नुका साथै मौरी कसरी पाल्ने,कसरी जोगाउने भन्ने लगायतका बिषयमा पनि जानकारी दिने गर्न थालेका छन् । उनले भने “ कर्म गर्न लाज मान्नुहुन्न स्वदेशमै विदेशको भन्दा बढी कमाई गर्न सकिन्छ । ”(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top