मध्यपश्चिम विश्वविद्यालय र भारतको चण्डीगढ विश्वविद्यालयबीच सम्झौता

२८ असोज, सुर्खेत । नेपालको मध्यपश्चिम विश्वविद्यालय र भारतको चण्डीगढ विश्वविद्यालयबीच दोस्रो पटक शैक्षिक सहयोग एवं द्विपक्षीय सम्बन्धलाई बढावा दिने उद्देश्यले समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरेका छन्।

भारतको पञ्जाबमा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर सिंह र चण्डीगढ विश्वविद्यालयका सहकुलपति प्रा.डा आरएस बावाले सो समझदारीपत्रमा मंगलबार हस्ताक्षर गरेका हुन् ।

समझदारीपत्रमा हस्ताक्षर भएको मितिदेखि पाँच वर्षसम्म समझदारीपत्र लागू हुनेछ । पहिलो पटक २०१६ मा भएको र उक्त सम्झौताको समयावधि सकिएपछि पुनः सम्झौता भएको मध्यपश्चिम विश्वविद्यालयका प्रशासन अधिकृत दिनेश गौतमले जानकारी दिए ।

Advertisement

सम्झौतापत्र अनुसार दुवै विश्वविद्यालयले शैक्षिक उत्कृष्टता, संकाय र विद्यार्थी आदानप्रदान, अनुसन्धान सहयोग, गुणस्तरीय शिक्षा, सकारात्मक वातावरण, परिवर्तनकारी पहल, सांस्कृतिक र प्रासंगिक विकास मोडेल विस्तारका साथै द्विपक्षीय सम्बन्धलाई बढावा दिनेछन् ।

अघिल्लो सम्झौतामा विद्यार्थी तथा प्राध्यापकहरुको भ्रमण, एक अर्को कलेजको शैक्षिक कायक्रमहरु बुझ्ने कार्यहरु भएपनि आदान प्रदान चैं नभएको तर यो सम्झौतापछि हुने विश्वास रहेको प्रशासन अधिकृत दिनेश गौतम बताउँछन् ।

उनी भन्छन् ‘अघिल्लो सम्झौतामा सबै प्रभावकारी भएन । अब यो सम्झौतापछि चाँहि एमओयूमा भए अनुसार कार्यहरु गर्न सकिन्छ भन्ने विश्वास छ ।

हस्ताक्षर समारोहमा दुवै विश्वविद्यालयका उच्च पदाधिकारी, प्राध्यापकहरूको सहभागिता थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top