मोहना–अत्तरिया सडकको चटकपुरमा ट्यांकरहरुको पार्किङले जोखिम बढायो

२७ असोज ७८, बिहीबार

२८ असोज, काठमाडौं । निर्माणाधिन मोहना–अत्तरिया सडकको चटकपुर क्षेत्रमा ट्यांकरहरुले जोखिम बढाएका छन् ।

६ लेन सडकको चटकपुर क्षेत्रमा लस्करै पार्किङमा रमखिएका ट्यांकरहरुले जोखिम बढाएका हुन् ।

सडक छेउमै रहेको आयल निगमको कार्यालयका पेट्रोलियम पदार्थको ढुवानीका लागि हाल ८७ ट्यांकर छन् । तर पार्किङका लागि स्थल नहुँदा २४ देखि ४८ घण्टा सम्म ती ट्यांकर सडक छेउमा पार्किङमा राखिँदै आएका छन् ।

Advertisement

जसले सवारी दुर्घटना र आगलागीको जोखिम बढाएको आयल निगम सुदूरपश्चिमका प्रमुख रामकुमार न्यौपानेले बताए । उनले ८७ वटा ट्यांकरले पेट्रोलियम पदार्थहरु बोक्ने गरेको भएपनि पार्किङ स्थलको अभावमा ट्यांकरहरुले सडकमै रोकिरहेको बताए ।

उनले भने, ‘पहिला जनघनत्वहरु कम थियो, बिस्तारै बढ्न थालेपछि हामीले यस डिपोको सेवा सुविधा पनि बिस्तार गर्यौं, अहिले ८७ वटा ट्यांकरले तेल ढुवानी गरिरहेका छन्, तर पार्किङ स्थलको व्यवस्था हुन सकेको छैन, जसकारण सडकमै ट्यांकर होल्डिङ गरिरहनु परेको छ, २४ घण्टा, ४८ घण्टा वा त्यो भन्दा पनि बढी होल्डिङ गर्छन्, जसले सवारीसाधनको आवतजावतलाई असर परेको छ, यसले ठूलो दुर्घटना निम्त्याउन सक्छ ।’

६ लेन सडकमा भइरहेको अव्यवस्थित पार्किङले दुर्घटनाको जोखिम निकै बढाएको छ भने साउन यता मात्रै १४ दुर्घटनामा १ जनाको मृत्यु र १२ जना घाइते भएका छन् । निर्माणाधीन अवस्थाकै ६ लेन सडकमा हालसम्म ११ जनाले ज्यान गुमाइसकेका छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top