मिथिलाका विभिन्न शक्तिपीठहरुमा पूजा आराधना गर्नेको भीड

२८ असोज, जनकपुर । दसैँको रौनकता बढेसँगै मिथिला नगरीका विभिन्न शक्तिपीठहरुमा पूजा आराधना गर्नेको भीड लागेको छ । देशभर नेपालीहरूको महान् पर्व विजया दशमी (बडा दसैँ) को अवसरमा माता दुर्गाका मन्दिरहरूमा भव्य पूजा आराधना भई रहेको हो ।

जगतमाता सीता मिथिलाकी छोरी भएकीले भगवतीका अन्य स्वरूपको पनि माइती मिथिलालाई नै मान्ने गरिएको छ । त्यसैले दसैँमा मूर्ति निर्माणअघि विवाहित बेहुलीझैँ नवदुर्गालाई माइतीमा भित्र्याउने परम्परा रहेको छ ।

संस्कृतिविद्हरू भक्तिका ९ मार्ग (नवधा भक्ति) मध्ये वात्सल्य मार्गलाई भावुक मार्गको संज्ञा दिने गरेको गर्छन् । जानकी मन्दिरका प्रथम महन्त सुरकिशोर दास माता सीतालाई छोरी झैँ माया गर्नुका साथै सेवा पनि गर्ने गरेको र पछि उनका उत्तराधिकारी महन्तहरूले समेत सो परम्परालाई अझै जारी नै राख्दै आएको मिथिलावासीहरू बताउँछन् ।

Advertisement

मिथिला साहित्यकार नित्यानन्द मण्डलले मिथिला र बंगालको सम्बन्धको रूपमा रहेको मूर्ति पूजा रहेको र बंगालमा एउटा उत्सवको रूपमा रहेको कारणले यहाँ पण्डितहरू बंगाल जाने र बंगालका व्यक्तिहरू विद्या अध्ययनको लागि मिथिला आउने गरेकोबाट पनि मिथिलामा मूर्ति पूजा गर्ने चलन सुरु भएको बताए । उ

नले त्यही बेलाबाट माटोको प्रतिमा बनाएर पूजा गर्ने परम्परा त्यही कालदेखि विकास भएको हुनसक्ने बताए । तर अहिले भने आधुनिकताले छोपेकोले पहिलेको जस्तो उत्कृष्ट मूर्तिहरू नभएको उनको भनाइ छ ।

मिथिला साहित्यकार मण्डलले भने, ‘संस्कृतिविद्हरू भक्तिका ९ मार्ग (नवधा भक्ति) मध्ये वात्सल्य मार्गलाई भावुक मार्गको संज्ञा दिने गर्दछन्, जानकी मन्दिरका प्रथम महन्त सुरकिशोर दास माता सीतालाई छोरी झैँ माया गर्नुका साथै सेवा पनि गर्नुभएको थियो भन्ने इतिहास पाइन्छ, पछि उनका उत्तराधिकारी महन्तहरूले समेत सो परम्परालाई अझै जारी नै राखेका छन्, मिथिला र बंगालको सम्बन्धको रूपमा रहेको मूर्ति पूजा रहेको र बंगालमा एउटा उत्सवको रूपमा रहेको कारणले यहाँ पण्डितहरू बंगाल जाने र बंगालका व्यक्तिहरू विद्या अध्ययनको लागि मिथिला आउने गरेको पाइन्छ, त्यही बेलाबाट माटोको प्रतिमा बनाएर पूजा गर्ने परम्परा त्यही कालदेखि विकास भएको हुनसक्छ ।’

देवीदेवतासँग पारिवारिक सम्बन्ध स्थापित गर्ने र परिवारका सदस्य झैँ मधुर व्यवहार गर्ने परम्परा मिथिलावासीहरूको रहेको उनले बताए । उनले आर्य समाजमा मूर्ति पूजनको परम्परा महाभारतकालदेखि सुरु भएको र नवप्रस्तर युगमा समेत मूर्ति पूजाको परम्परा रहेको दाबी गरे । मूर्ति पूजाको प्रारम्भ बहुदेवतावादको युगमा सुरु भएको साहित्यकार मण्डलको तर्क छ ।

पूजा अवधिसम्म माइती आएकी चेलीझैँ मीठो परिकार अर्पण गरी पूजा आराधना गर्ने गरिन्छ । मूर्ति सेलाउने बेला सोहर (छोरी बिदा गर्ने बेलाको गीत) गाएर बिदाइ गर्ने परम्परा रहेको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top