थप ४५५ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

२८ असोज, काठमाडौं।

Advertisement

नेपालमा पछिल्लो २४ घण्टामा थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४ सय १८ पीसीआर परीक्षण गर्दा ३९८ जना र २ हजार ७९६ एन्टिजेन परीक्षण गर्दा ५७ गरी ४५५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हाे ।

Advertisement

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने ८०४ जना निको भएका छन् । शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ४ हजार २७६ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार २६९ पुगेको छ भने ७ लाख ७९ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ८५३ जना रहेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top