दसैँले आपसी एकता र सहमतिको बाटोमा अघि बढ्न प्रेरित गर्नेछ : उपराष्ट्रपति पुन

२९ असोज, काठमाडौं।

उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध हुँदै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न आह्वान गरेका छन् ।

बडादशैंका अवसरमा शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति पुनले बडादशैंले सबैलाई आपसी एकता र सहमतिको बाटोमा अघि बढ्न प्रेरित गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

Advertisement

नेपालीहरुको महान् चाड बडादशैंं–२०७८ का अवसरमा देश विदेशमा रहने हिन्दू धर्मावलम्बीलगायतका नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना दिँदै उपराष्ट्रपति पुनले राष्ट्रको निरन्तर समुन्नति, समृद्धिका साथै सुख, शान्ति, सुस्वास्थ्य समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।

‘हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगौलिक विविधताले भरिपूर्ण धर्मनिरपेक्ष राष्ट्र हो’, सन्देशमा भनिएको छ, ‘हाम्रो देश विविधतायुक्त भाषा, धर्म, संस्कार–संस्कृतिले अत्यन्त भरिपूर्ण छ । संविधानले सबै धार्भिक, सांस्कृतिक, भाषिक समुदायलाई आफ्नो धर्म, संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्न पाउने अधिकार प्रत्याभूत गरेको छ ।’

देशमा मनाइने सबैखाले धार्मिक तथा सांस्कृतिक चाडपर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारालाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आइरहेको उपराष्ट्रपति पुनले उल्लेख गरेका छन् । बडादशैंको माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचाराको अभिवृद्धि र राष्ट्रिय एकता अझै बलियो हुँदै जाने विश्वाससमेत उनले व्यक्त गरेका छन् ।

‘नेपाली जनताको लामो सङ्घर्षबाट देशमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था जस्ता राजनीतिक उपलब्धी प्राप्त भएका छन्। यी उपलब्धीलाई संस्थागत गरेर नयाँ संविधान बनेसँगै देश स्थायी शान्ति, दिगो विकास, राजनीतिक स्थायित्व र प्रत्येक नेपाली जनताको आर्थिक सामाजिक रूपान्तरणसहितको समुन्नति र समृद्धिको मार्गमा अग्रसर छ’, उपराष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, ‘यसबीचमा संविधानको पालन र राजनीतिक स्थायित्वमा केही चुनौती सिर्जना भए पनि मुलुक लयमा फर्किएर विकास र समृद्धिको मार्गमा अगाडि बढिरहेको छ ।’

बडादशैंले राजनीतिक स्थायित्व, संविधानको पालन, दिगो विकास, राष्ट्रिय एकता, आर्थिक सामाजिक रूपान्तरणसहितको समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न सबैलाई प्रेरित गर्ने अपेक्षा राष्ट्रपपति पुनले लिएका छन् ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top