चिनियाँ राजदूत यान्छीले यसरी मनाइन् दशैँ

२९ असोज, काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले विजयादशमीको सुभकामना व्यक्त गरेकी छन् ।

Advertisement

राजदूत यान्छी आफूले दशैँको टीका लगाउँदै दूतावासका आफ्ना सहकर्मीहरुलाई पनि टीका लगाइदिइन् । उनले दशैँको टीका लगाएका तस्बिर सामाजिक सञ्जाल ट्विटरमा पनि पोस्ट गरेकी छन् ।

राजदूत यान्छीले टीका जमारासहितको तस्बिर पोस्ट गर्दै लेखेकी छन्, ‘ मेरा नेपाली सहकर्मीहरूसँग दशैं मनाउन पाएकोमा खुशी छु । सबै नेपाली साथीहरूलाई सुस्वास्थ्य सुख र उन्नतिको लागि मंगलमय शुभकामना गर्दछु ।’​

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top