अन्जन भन्छन् – फाइनल खेल्न नपाउँदा दुखि छु

३० असाेज, काठमाडौं।

नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टले साफ च्याम्पियनसिप अन्तर्गत भारतविरुद्ध हुने फाइनल खेल गुमाउनेछन् । उनले फाइनल खेल्न नपाएकाेमा दुख व्यक्त गर्दै आफू उपस्थित नभएपनि आफ्ना सहकर्मीले मिहिनेत गरेर नेपाललाई जिताउने  बताएका छन् ।

अन्जनले शुक्रबार सामाजिक संजालमा लेख्दै भारतविरुद्ध खेलपछि दर्शकबाट आफूलाई गद्दारको संज्ञा दिँदै आएको गालीप्रति दुख समेत व्यक्त गरेका छन् । उनले आफू सधैं नेपालको लागि शत प्रतिशत मिहिनेत गर्ने बताएका छन् ।

Advertisement

अन्जनले सामाजिक संजालमा लेखेका छन्, ‘मैले राष्ट्रिय टोलीका लागि डेब्यु गरेको दिनदेखि नै आफ्नो देशको लागि सबथोक दिँदै शत प्रतिशत प्रतिवद्ध भएर लागेको छु । भारतविरुद्ध खेलपछि मैले धेरै गालीको संदेश पाएँ, केहीले मलाई देशको गद्दार समेत भने । मैले समर्थकबाट यस्तो अपेक्षा गरेको थिइनँ । तर मैले अझै बलियो बनेर अघि बढ्न सिकेको छु । टोली समस्यामा हुँदा यस्तो संदेश दिने असली समर्थक होइनन् । यदि तपाईंले कठिन मोडमा टोलीलाई साथ दिन सक्नुहुन्न भने तपाईं जितको बेलामा पनि साथ दिन लायक हुनुहुन्न । हारको बेलामा खेलाडीले गाली खाएको यो पहिलो अवसर होइन । म सबैलाई यस्तो गलत कार्य नगर्न आग्रह गर्दछु । हामी हरेक खेल गर्वका साथ खेल्छौं र आफू व्यक्तिगत रुपमा नभएर देशको लागि खेल्छौं । देश नेपाल जसको सुर्य र चन्द्रले हामी वीर नेपालीको शालीनता र स्वच्छ भावना दर्शाउँछ । हामी गोर्खाली हौं र हामी तपाईंको साथ र सहयोगले अझ बलियो बन्छौं, न की तपाईंको खराब शब्दले । म व्यक्तिगत रुपमा फाइनल खेल्न नपाउँदा एकदम दुखि छु । मैले मैदानमा रहँदा सधैं शत प्रतिशत मिहिनेत गरेको छु । म आफू त मैदानमा हुन्न तर मलाई थाहा छ मेरो सहकर्मीहरुले सबथोक दिनेछन् । यहाँबाट अघि बढौं । टोलीका लागि सधैं साथ छु । अब यो अन्तिम खेलका लागि एकसाथ बढौं ।

बुधबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध बराबरी गोल फर्काउँदै नेपाललाई फाइनल पुर्याउन नायक बनेका अन्जनले खेलमा पहेंलो कार्ड पाएका थिए । जारी प्रतियोगितामा अन्जनको यो दोस्रो पहेंलो कार्ड भएका कारण उनले अर्को खेल गुमाउने भएका हुन् । अब नेपालको लागि अर्को खेल फाइनल भएकाले नै उनी उपस्थित नहुने भएका हुन् ।

Advertisement

अन्जनले यसअघि भारतविरुद्ध खेलको अन्तिम समयमा पहेंलो कार्ड पाएका थिए ।

Advertisement

भर्खरको समाचार

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

गिरीबन्धुः राज्य लुट्ने ग्रान्ड डिजाइन, किन चुपचाप छ सरकार ?

Giribandu-tea-state_20220607080503_JGMWEw5ude

गृहमन्त्री क्विक मिनिस्टर, अर्थमन्त्री देश बनाउने टिम बाहिर !

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

शिशिर–वाङ यी वार्ताः बीआरआईबारे के भयो कुरा ?

723918504_979261438222117_2022056077324511840_n

स्पेनलाई हायलकायल पार्दै ४० वर्षीय भोजिन्हाको जादु चलेपछि….

Vozinha

बी–५२ बमवर्षक अमेरिकामै दुर्घटनामा परेर भयो खरानी

97a8a2a2-6311-44f1-8b46-307947a9088c

प्रधानमन्त्रीको निर्देशनमा नाकामा रोकिएका ‘बिवाइडी’का गाडी फुकुवा

byd-korla

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

सम्बन्धित समाचार

Scroll to Top