×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रचण्ड अब पुष्पकमल दाहालमात्र रहेः प्रभु साह

३० आश्विन २०७८

३० असोज, रौतहट ।
नेकपा एमालेका नेता पूर्वमन्त्री प्रभु साहले नेपाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अब पुष्पकमल दाहाल भएको टिप्पणी गरेका छन् ।

गृह जिल्ला रौतहटमा बडा दसैँ दिपावली तथा छठपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले माओवादीको सिद्धान्त छोडेर प्रतिक्रियावादीको पछिपछि लागेकाले अब प्रचण्ड पुष्पकमल दाहाल मात्र रहेको बताए ।

Advertisement
Advertisement

साहले माओवादी र कम्युनिस्टको नाउँमा भोट लिएर शेरबहादुर देउवाको पछि लागेका प्रचण्ड र माधव नेपाल कुनै पनि हालतमा कम्युनिस्ट हुनै नसक्ने दाबी गरे ।

माओवाद भनेको इमानदार, विकासप्रति लगनशील, सहिदको सपना साकार गर्ने हुन्छ तर आफ्नो स्वार्थको निमित्त सबै सरकारमा सहभागी हुने नीति बोकेका प्रचण्ड कुन एंगलबाट माओवादी हुन् ? उनको प्रश्न छ, कम्युनिस्टको भोट लिएर प्रतिक्रियावादीको खुट्टामा सता चढाउने माओवादी होइन साच्चै अर्थमा गद्दार हुन् ।

रावण र महिसासुर सतामा मातिए जसरी प्रचण्ड र नेपाल मातिएर केपी ओली प्रधानमन्त्री बनेको ६ महिनामै देउवातर्फ लागेर देशलाई पछाडि धकेल्ने काम गरेको आरोप लगाए । देशको व्यवस्थाकै कमी कमजोरीको कारण पछिल्लो ५ वर्षको अवधिमा ६ सरकार र सबैमा प्रचण्डको उपस्थिति भएको साहले बताए ।

प्रचण्ड लाई ६२ सालसम्म्मा कसैले नचिन्ने अवस्था थियो । कतिपयले पारस नै प्रचण्डको भन्थे । तर नेपाली जनताले आफ्नो ज्यानको आहुति दिएर प्रचण्डलाई राष्ट्रिय नेता बनाए । अब उनै प्रचण्डले जनतालाई धोका दिएका छन् तर जनता लाई धोका दिने सँधै बेघर हुन्छ, साह भन्छन् ।

संसारमै कतै नदेखिएको ७६१ सरकार नेपालमा चलाउन नसकिने उनको भनाइ छ । मिश्रित निर्वाचन प्रणालीको कारण कसैलाई बहुमत न आउने र सरकार आउने जाने अवस्था बनेको साहले बताए ।

Advertisement

संविधान बनाउनेले नेपाली जनतासँग माफी मागेर संविधान नबद्लेसम्म देश नचल्ने उनको दाबी छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top