जुम्लाको होटल भ्यालीभ्यूका एक सञ्चालक शाहीको हत्या नभई लडेर ज्यान गएको पुष्टि

३० असोज ७८, आइतबार

३१ असोज, जुम्ला । जुम्लाको होटल भ्यालीभ्यूका सञ्चालकमध्येका एक दैलेख निवासी शेरबहादुर शाहीको लडेर ज्यान गएको प्रहरीले जनाएको छ ।

गएको असोज २७ गते बेलुकी ९ बजेर ४८ मिनेटमा होटल भित्र जान खोजिएको, गेट बन्द भएको तर गेट नखुलेपछि नाघेर माथि जान खोज्दा लडेर घाइते भइ ज्यान गएको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार सीसीटीभी प्रविधिले मृतक शाही होटलको च्यानल गेटमा माथि जान खोज्दा लडेर टाउको लागेको देखाएपछि दुर्घटनाबाट ज्यान गएको बताए ।

दैलेख ठाटीकाध गाउँपालिका ३ भेरीपातलका वर्ष ४५ का शाही होटल सञ्चालक र पारिश्रमिक समेत लिने गर्दथे ।

दशैँको नजिकै होटल अगाडि मृत अवस्थामा देखिएपछि हत्या आशंका गरिएको थियो ।​ सीसीटीभीको फुटेजहरु देखाएपछि आफन्तले पनि दुर्घटना रहेछ भन्ने स्विकारेका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पोष्टमार्टम गरि शव टीकाको दिनमा स्वीकारेको जानकारी दिए ।

यो घटनापछि प्रहरी नायव उपरीक्षक थापाले जुम्ला सदरमुकाम सहित गाउँपालिका केन्द्र र बजार क्षेत्रमा सिसिटिभी राख्न सरोकारवाला निकायहरुलाई अनुरोध गरे । यसले घटना कम हुने र घटना भइहाले पनि अनुसन्धानमा सजिलो हुने उनले बताए ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top