मेरो अन्तिम साससम्म पनि नेपाललाई माया गरिरहनेछु: अलमुताइरी

३१ असाेज, काठमाडाैँ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाललाई सधै माया गरिरहेने बताएका छन्। उनले आफूलाई भविष्यबारे निर्णय लिन केहि समय चाहिने बताए।

Advertisement

साफ च्याम्पियनसिप २०२१ को फाइनलपछि अलमुताइरीले नेपालबाट पाएको साथ छोड्न सहज नभएको प्रतिक्रिया दिए। उनले भने, ‘मैले नेपालबाट धेरै माया पाएको छु। म मेरो टिमका खेलाडी, सबै अफिसियल सहकर्मी, समर्थक, मेरो परिवार सबैलाई धेरै माया गर्छु। मेरो अन्तिम साससम्म पनि म नेपाललाई माया गरिरहनेछु। मलाई नेपाली समर्थकले सधैं माया गर्नुभएको छ।’

अलमुताइरीले आफूलाई मन नपराउनेहरु पनि रहको बताए । उनले भने। ‘नेपालमा मलाई मन नपराउने पनि छन्, तर सबै नराम्रो भने होइन। मुख्य कुरा मैले नेपाली समर्थकबाट पाएको माया हो। यसलाई छोड्न सहज छैन।’

Advertisement

अलमुताइरीले भविष्यबारे निर्णय लिन केहि समय चाहिने बताए।‘अहिले नै केही भन्न सक्ने अवस्था छैन। अब मलाई विश्रामको खाँचो छ। म पछिल्लो ६ महिना लगातार काम गर्दै आएको छु। मलाई एक दुई साता विश्राम लिएर मात्र नेपालसँग भविष्यबारे सोच्नेछु,’ उनले भने।

अलमुताइरीले समर्थकहरुलाई टोलीलाई निरन्तर साथ दिन आग्रह गर्दै स्वागतमा विमानस्थलमा उपस्थित हुन आग्रह गरेका छन् । ‘सबै नेपाली समर्थकका लागि मेरो विशेष आग्रह छ । जब राष्ट्रिय टोली नेपाल फर्कन्छ । सबैजना विमानस्थल पुगेर सम्मान गरिदिनु होला,’ उनले भनेका थिए,‘यही स्तरमा निरन्तर खेलिरहने हो भने खेलाडीलाई साथ र समर्थन गर्नुपर्छ ।’

Advertisement

पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल पुगेको नेपाल शनिबार भारतविरुद्ध ३-० को हार बेहोर्दै उपविजेता बनेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top