टि२० विश्वकपमा ओमानको सानदार विजयी सुरुवात, पपुवा न्युगिनी १० विकेटले पराजित

१ कात्तिक, एजेन्सी ।

घरेलु टोली ओमानले आइसिसी टि२० विश्वकप २०२१ मा सानदार विजयी सुरुवात गरेको छ । आइतबार अल अमरेत क्रिकेट मैदानमा भएकाे उद्धघाटन खेलमा समूह बी मा रहेको ओमानले पपुवा न्युगिनीलाई १० विकेटले पराजित गर्दै सानदार विजयी सुरुवात गरेको छ ।

जितको लागि १ सय ३० रनको सामान्य विजयी लक्ष्य पछ्याएको ओमानले १३.४ ओभरमा कुनै विकेट नगुमाउँदै पूरा गर्यो । ओमानका ओपनर जतिन्दर सिंह ४२ बलमा ७ चौका र छक्का ४ सहित ७३ रनमा अविजित रहे । अकिब इलायस ४३ बलमा ५ चौका र १ छक्का सहित ५० रनमा अविजित रहे । पहिलो पटक टि२० विश्वकप खेलेका पपुवा न्युगिनीका कुनैपनि बलरले विकेट लिन सकेनन् ।

Advertisement

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रन बनाएको थियो । पपुवा न्युगिनीले पहिलो पटक विश्वकप खेलेको हो । पपुवा न्युगिनीका कप्तान असाद भालाले ४३ बलमा ४ चौका र ३ छक्का सहित सर्वाधिक ५६ रनको योगदान दिए । चाल्र्स अमिनी २६ बलमा ४ चौका र १ छक्का सहित ३७ रनमा रन आउट भए । सेसे बाउ १३ रनमा आउट भए ।

दुबै ओपनर खाता नखोली आउट भएका थिए । ०–२ को अवस्थामा पुगेको पपुवा न्युगिनीलाई तेस्रो विकेटका लागि भाला र अमिनीले ८१ रनको साझेदारी गर्दै सम्हाल्लेका थिए । १२ औं ओभरको तेस्रो बलमा रन आउट भएपछि पपुवा न्युगिनीले लगातार विकेट गुमाएको थियो । भाला, बाउ र अमिनी बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

Advertisement

ओमानका जिशान मकसुदले ४ ओभरमा २० रन खर्चेर सर्वाधिक ४ विकेट लिए । बिलाल खान र कलिमहुल्ला नाममा २-२ विकेट रह्यो ।
ओमानले आफ्नो दोस्रो खेलमा मंगलबार बंगलादेशसँग खेल्नेछ । पपुवा न्युगिनीले मंगलबारनै स्कटल्यान्डसँग खेल्नेछ ।

Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top