नेपाल यू-२३ को अन्तिम टोली घोषणा

१ कात्तिक, काठमाडौं।

एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिताका लागि राष्ट्रिय फुटबल टोली घोषणा गरिएको छ । आइतबार प्रशिक्षक बालगोपाल महर्जनले २३ सदस्यीय यू–२३ टोली घोषणा गरेका हुन् ।

शनिबार माल्दिभ्सको मालेमा सम्पन्न साफ च्याम्पियनसिपको उपविजेता बनेको टोलीका ६ खेलाडी यसमा समेटिएका छन् । डिफेन्डरद्वय सुमन अर्याल र गौतम श्रेष्ठसँगै मिडफिल्डरहरू नितिन थापा, सुरज ज्यू ठकुरी र आयुष घलान टोलीमा राखिएका हुन् ।

Advertisement

यस्तै फरवार्ड मनीष डाँगी, राजन गुरुङ, सेसेहाङ आङदेम्बे, एरिक विष्ट, अभिषेक रिजाल र दर्शन गुरुङलाई पनि टोलीमा समेटिएको छ । यस्तै गोलरक्षकमा अर्पण कार्की, विशाल सुनार र अभिषेक बराललाई समेटिएको छ ।

डिफेन्समा शिव गुरुङ, रन्दीप पौडेल र अभिषेक लिम्बु पनि छन् । त्यस्तै मिडफिल्डमा अनिल महर्जन, राजीव लोप्चन, रोशन पहरी र शिशिर लेखी पनि छन् । आक्रमणमा आकाश बुढामगर र ऋतिक कुमार खड्का टोलीमा छन् ।

एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिता अक्टोबर २५ देखि ३१ सम्म हुँदैछ । समूह ‘बी’ मा रहेको नेपालले ताजिकिस्तान, इरान र लेबनानसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले अक्टोरबर २५ मा इरान, २८ मा ताजिकिस्तान र ३१ मा लेबनानसँग खेल्नेछ । एएफसी प्रतियोगिता २०२२ जुन १ देखि १९ सम्म उज्बेकिस्तानमा हुनेछ ।

२३ सदस्यीय यू–२३ टोली
गोलरक्षक – अर्पण कार्की, विशाल सुनार, अभिषेक बराल

डिफेन्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, अभिषेक लिम्बु, शिव गुरुङ

मिडफिल्डर – नितिन थापा, सुरज ज्यू ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, अनिल महर्जन, राजीव लोप्चन, शिशिर लेखी, आकाश बुढामगर, एरिक विष्ट, रोशन पहारी

फरवार्ड – मनीष डाँगी, अभिषेक रिजाल, दर्शन गुरुङ, ऋतिककुमार खड्का

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top