Nepal Times
Nepal Times
3
Shares

झापाका विश्वास राईले जिते ‘नेपाल भ्लग च्यालेन्ज २०२१’ को उपाधि

झापाका विश्वास राईले जिते ‘नेपाल भ्लग च्यालेन्ज २०२१’ को उपाधि

१ कात्तिक, काठमाडौं ।

‘नेपाल भ्लग च्यालेन्ज २०२१’ को उपाधि झापाका विश्वास राईले जितेका छन् । पब्लिक भोटिङका आधारमा सोमबार उनलाई विजेता घोषणा गरिएको आयोजक संस्था पार्टी नेपालले जनाएको छ ।

उपाधिसहित उनले नगद १० लाख रुपैयाँ र ‘वल्र्ड भ्लग च्यालेन्ज’ को समेत टिकट प्राप्त गरेका हुन्। फाइनलमा पुगेका तीन प्रतिस्पर्धीमध्ये विश्वासले २५ हजार ७ सय ६६, रामेछापका प्रज्वल थापा मगरले २ हजार ८ सय ७४ र ललितपुरका आषुतोश वाराहीले २ हजार २ सय ५८ मत प्राप्त गरेका छन् ।

उपविजेता प्रज्वलले नगद ५ लाख रुपैयाँसहित अन्तर्राष्ट्रिय भ्लगरसँग काम गर्ने अवसर पाएका छन् भने तृतीय आषुतोषले आकर्षक पुरस्कार प्राप्त गरे ।

यो नेपालमा हालसम्मकै ठूलो नगद पुरस्कार रहेको भ्लग च्यालेन्ज हो । प्रतियोगितामा ८६ जनाले भाग लिएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.